बिष्णु कुमार आले
सितापुर, अर्घाखाँची । कोरोना संक्रमणको आशंकामा प्रादेशिक अस्पताल बुटवलमा रिफर गरिएका अर्घाखाँचीका दुई जना बिरामी मध्ये एक जनालाई ज्वरो टाईफाईट भएको भन्दैअस्पतालले डिस्चार्ज गरेको छ ।
जिल्लाको शितगंगा नगरपालिका २ सितापुरका ३५ बर्षीय युवकलाई मंगलबार राति कोरोना कोभिड–१९ संक्रमणको आशंकामा नमुना परिक्षणको लागि प्रादेशिक अस्पताल बुटवल पठाईएको थियो ।
प्रादेशिक अस्पताल बुटवलमा ती युवकको स्वास्थ्य परिक्षण गर्दा ज्वरो टाईफाईट भएको रिपोर्ट आएपछि बिरामीलाई डिस्चार्ज गरि घरमा पठाईदिएको छ । तर ती युवक घरमा आएपनि अस्पतालको निगरानीमा राखिएको बुटवल प्रादेशिक अस्पतालका कोरोना बिरामी हेर्ने डाक्टर सुदर्शन थापाले टेलिफोनमा जानकारी दिए । साथै डाक्टर थापाले प्रदेशका विभिन्न जिल्लाबाट आएका ९ जना बिरामीहरूको नमुना परिक्षण गरिएकोमा ७ जना बिरामीको नमुना परिक्षण नेगेटिभ रहेको छ भने २ जना बिरामीको रिपोर्ट आउन बाँकी रहेको जानकारी दिए ।
कोरोना कोभिड १९ सक्रमणको आशंकामा जिल्लाबाट प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको मालारानी खनका बिरामीको लुम्बिनी अन्चल अस्पताल बुटवलमा उपचार भैरहेको अस्पतालले जनाएको छ । प्रादेशिक अस्पताल बुटवलबाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा बिरामीको नमुना संकलन गरि पठाउन प्लेन नचलेपछी कठिन भएको डाक्टर थापाले बताए । बिरामीको नमुना परिक्षणका लागि दुबै जना शंकास्पद बिरामी केही दिन अघि भारतबाट फर्किएका थिए ।
कोरोनाको जोखिमलाई न्युनिकरण गर्न पुर्णरूपमा लकडाउनको पालना गर्नु पर्ने , प्रशस्त झोलिलो पौष्टिक खानेकुरा खाने , घरबाहिर नहिड्ने, भिडभाडमा नजाने , ब्यक्तिगत सरसफाईलाई ध्यानदिने,साबुन पानीले नियमित हातधुने , बढि घाममा बस्न चिकित्सकले सुझाव दिएका छन् ।