दिनेश सुनार ‘विकल्प’
खन, अर्घाखाँची १२ चैत्र । विश्वनै त्रास पारिरहेको कोरोना भाइरसले यतिबेला मानव जगतलाइ नै निरास पारिरहेको छ ।
हिज आजका केही गतिविधि अनुसार नेपालमा सहर भन्दा गाउँहरु जोखिमपूर्ण देखिरहेका छन । जसलाइ मध्यनजर गर्दै अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका ४ का वडा अध्यक्ष बिष्णु प्रसाद पोख्रेल र खन स्वास्थ्य चौकिका इन्चार्ज भबिश्वर खनालको सकृयता र स्थानीय युवा तथा समाजसेवी प्रकाश खनाल, दिनेश सुनार ‘विकल्प’, दुर्गा सुनार र वडा अन्तरगतका सम्पुर्ण स्वयंसेकिकाहरुको पहल र रिपोर्टमा साबिक खन गा.बि.स को वडामा निम्न संख्यमा मानिसहरु भारत बाट आएको खुलासा भएको छ ।
मालारानी ४ साबिक वडा अनुसार ३ हप्ता भित्र आएकाहरुको विवरण –
• वडा न १ मा १४,जना,
• वडा न २ मा ५,जना,
• वडा न ३ मा ३,जना,
• वडा न ४ मा २२,जना,
• वडा न ५ मा २०,जना,
• वडा न ६ मा ७,जना
• वडा न ७ मा ७,जना,
• वडा न ८ मा ६,जना र
• वडा न ९ मा ६,जना
गरी ९० जना भारतबाट खनमा आएका छन । जसमा ८४ जना पुरुष र ६ जना महिला रहेका छन । “खन स्वास्थ्य चौकी इन्चार्ज भबिश्वर खनालको अनुसार प्राप्त विवरण भारतबाट आएको मानिसलाइ वडा अध्यक्ष, समाजसेवीहरु सहित सम्पुर्ण खन स्वास्थ्य चौकीको स्वास्थ्यकर्मीको समुह लगायतले प्रत्येक्ष टोल टोलमा पुगि होम क्वारेन्टाइनमा बस्न सल्लाह सुझाब दिने र सम्भब नहुने लाई फोन सम्पर्क गर्ने अनि सचेत बनाउने यद्यपि कसैले उलंघन वा अटेरी गरेर बाहिर निस्किने र कुनै पनि लकडाउन बिपरित कार्य गरेमा उक्त ब्यक्तिहरुको नाम लिस्ट सहित प्रहरी लाई बुझाउने कुरा समेत जानकारी गराउनु भयो ।
खनालले यो ९० जना को संख्यामा वडा छिर्नेको संख्या अझै बढ्न सक्ने कुराको समेत जानकारी गराउनु भयो ।
साथै स्वास्थ्य चौकी इन्चार्ज खनालले यस बिपत्तिको क्षणमा सम्पुर्णले गम्भीरताका साथ आफ्नो स्वाथ्यलाइ ख्याल गर्ने र राज्यले बनाएको नियमलाइ पालान गर्ने सबैलाइ अपिल गर्नु भएको छ ।