अर्घाखाँचीमा अब सेनाले काेराेनाकाे संकास्पद देखिएका बिरामीहरु लागि आवश्यक सेवा दिने

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लामा काेराेना भाईरसकाे संकास्पद देखिएका बिरामीहरु लागि आवश्यक सेवा दिन तयार रहेको नेपाली सेना अर्घाखाँची रामवाण गुल्मका प्रमुख सुमन थापाले बताउनु भयो । 
काेराेना भाईरसकाे संकास्पद देखिएका बिरामीहरु लागि चेक गर्न सुरक्षाका सामग्रीहरु समस्या नरहेको पनि सेनाले बताएको छ । 
यस्तै काेराेना भाईरस रोकथाम सहयोगका लागि नेपाली सेना जिल्लाभर परिचालन गरिएको छ ।
उता कोरोनाको संक्रमणको आशंकामा अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क स्थित जिल्ला अस्पताल अर्घाखाँचीमा आएका २ जना ज्वरो मात्र आएका विरामीका  राम्रोसँग चेक नगरी बुटवल रिफर गरेका थिए । अर्घाखाँचीका डाक्टरले ज्वरो आयो भन्ने बितिकै जाँच्नै डराएको भनिरहेको बेला सेनाले सेवा दिन तयार रहेको बताएको हो । 

अन्य समाचारहरु