अर्घाखाँचीडट्कम संवाददाता
काठमाडौं । चैत ४ गते कतार एयरवेजबाट आएका यात्रुमध्ये अर्घाखाँची सन्धिखर्क वार्ड नम्बर – ८ किमडाँडाको खापडाँडाका प्रकाश बन्जाडे संपर्कमा आएका छन् ।
किमडाँडाको खापडाँडाका प्रकाश बन्जाडे जिल्ला प्रशासन कार्यालय काठमाडौंको संपर्कमा आएका हुन् । बन्जाडे परिवारसँग काठमाडौंमा रहेका छन् । उनको परिवार काठमाडौंमा नै बस्दै आएको छ ।
उनका परिवारले अर्घाखाँचीडट्कमलाई जानकारी गराए अनुसार बन्जाडे सेल्फ क्वारेन्टाइन अर्थात एकान्तवासमा बसेका छन् ।
उता जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले पनि प्रकाश बन्जाडे संपर्कमा आएको पुष्टी गरेको छ ।
उता चैत ४ गते कतार एयरवेजबाट आएका यात्रुमध्ये अर्घाखाँचीका प्रकाश बन्जाडे क्र.स पासपोर्ट- नागरिता नम्बर ११५८६ अझै सम्पर्कमा नआएको बताइएको थियो ।
चैत ४ गते कतारको दोहा हुँदै फ्रान्सबाट कतार एयरवेजको फ्लाईट नम्बर QR :650 विमानमा नेपाल आएकी १९ वर्षीया एक युवतीमा कोभिड–१९ पुष्टि भएपछि सँगै आएका अर्घाखाँचीका प्रकाश बन्जाडे खोजी भईरहेको थियो ।