अर्घाखाँचीडट्कम संवाददाता
बुटवल । अर्घाखाँचीका दुई जनामा कोरोनाको संक्रमणको आशंकामा बुटवलमा आईसोलोसन राखिएको छ ।
अर्घाखाँचीका शंकास्पद दुई जनालाई रुपन्देहीको बुटवलस्थित धागो कारखानामा रहेको कोरोना विशेष आइसोलेसन अस्पतालमा राखिएको हो ।
उनिहरुको परिचय खुलाइएको छैन् । उनिहरु केही समय अगाडि भारत एवम विदेशबाट आएका अस्पतालले बताएको छ ।
साथै अर्घाखाँचीका २ जना सहित शंकास्पद ६ बिरामीको स्वाब परीक्षणका लागि बिहीबार काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको लुम्बिनी प्रादेशिक अस्पतालका फोकलपर्सन डा. सुदर्शन थापाले बताउनु भयो । दाङका १ र रुपन्देहीका ३ जना पनि छन् ।
उता यसअघि अस्ती मंगलवार कोरोना संक्रमणको आशंकामा प्रादेशिक अस्पताल बुटवलमा रिफर गरिएका अर्घाखाँचीका दुई जना बिरामी मध्ये एक जनालाई ज्वरो टाईफाईट भएको भन्दैअस्पतालले डिस्चार्ज गरेको थियो । अर्घाखाँचीका डाक्टरले ज्वरो आएका विरामीलाई पनि जिल्लामा राख्नुपर्नेमा कोरोनाको आशंका गरी बुटवल पठाएका थिए ।
अर्घाखाँचीका डाक्टरले ज्वरो आएका विरामीलाई पनि चेक गर्न छाडेपछि अर्घाखाँचीका ज्वरो आएका समेत धमाधम पाल्पा, बुटवल तिर जान थालेको बताइएको छ ।