अर्घाखाँचीमा १४ जना क्वारेन्टाइनमा, २५ दिनलाई पुग्ने खाद्यान्न स्टक, १५ दिनलाई पुग्ने पेट्रोलियम पदार्थ मौज्दात

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा अहिलेसम्म १४ जनालाई क्वारेन्टाइनमा राखिएको छ । सन्धिखर्कको हटारी स्कुलमा रहेको क्वारेन्टाइनमा थप ७जना गरि जम्मा १४ जना राखिएको हो । 
यस्तै काेराेना भाईरसकाे संकास्पद देखिएका बिरामीहरु लागि अर्घाखाँची जिल्लाका ६ पालिकाका विभिन्न वार्डहरुमा आजसम्म २६२ क्वारेन्टाइन बेड तयार भएका छन् । 
जिल्ला प्रमुख अधिकारीले दिएको जानकारी अनुसार अर्घाखाँची जिल्लाका ६ पालिकाका विभिन्न वार्डहरुमा आजसम्म २६२ क्वारेन्टाइन बेड तयार भएका हुन् ।
साथै जिल्लामा २५ दिनलाई पुग्ने खाद्यान्न स्टक रहेको छ । भने १५ दिनलाई पुग्ने पेट्रोलियम पदार्थ मौज्दात रहेको छ ।   

अन्य समाचारहरु