पाणिनीको मैदानमा रहेका पसलहरुमा घरायसी सामग्रीको अभाव हुँदै, किराना पसल बन्द हुने अवस्थामा


डिआरजी सुमन
मैदान, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । । अर्घाखाँची जिल्लाको पाणिनी गाँउ पालिका वडा ने ५ स्थित मैदानमा रहेको मनकामना जनरल स्टोरमा घरायसी अत्यावश्यक सामग्रीको अभाव भएको संचालक विष्णु घिमिरेले अर्घाखाँची डटकमलाई वताएका छन । देश लकडाउन भएको तेस्रो दिन मैं अत्यावश्यक घरायसी खाद्यान्न लगायतका सामानको सटेज भएको छ ।
यतिवेला कुनैपनि गाड़ी वुटवलवाट नआउने र सरकारले लकडाउन गरेपछि आफुसँग पास नभएर गाड़ी नचलाएको चालकको गुनासो भएका कारण सामान आएको छैन । सामान्यतः म जति स्टक राख्ने गर्दथे त्यो भन्दा वढी राख्दा पनि समाना पुगी रहेको छैन । काठमाण्डू वुटवल जस्ता ठाउवाट धेरै स्थानीयवासी आएपछि पसलमा सामान धेरै खपत भएको भएता पनि सामना ल्याउने व्यावस्था नभए अवको दुई तीन दिनमै पसल वन्द गर्ने अवस्था छ भन्नु हुन्छ मनकामना जनरल स्टोरका संचालक विष्णु घिमिरे ।
आज म पाणिनी ५ का वडा अध्यक्ष जीवलाल घिमिरेसँग समस्या वताएको छु स्थानीय सरकार उहाहरुकै भएको कारण गुनासो सुनीदिएर सामान ल्याउन गाड़ी को व्यवस्था भएमा पसल खोल्ने हो नत्र पसल वन्द गरेर वस्नुपर्ने अवस्था छ ।  सामान्यतया मैदानको मुटुमा एउटा मात्र पसल हुनु त्यसमा पनि अत्यावश्यक सामाग्री नहुनुले स्थानीयवासीमा यसले समस्या निम्ताउने पक्का छ । यस विषयमा सम्बन्धित निकायको ध्यान समयमै जान जरुरी देखिन्छ ।
तस्वीर – डिआरजी सुमन अर्घाखाँची डटकम्

अन्य समाचारहरु