पाणिनीका सवै वार्डमा क्वारेन्टाइन बनाईदै, सिडीओ पुगे आकस्मिक अनुगमन (फोटो, भिडियो सहित)

(प्रकासित मिती: २०७६ चैत्र १४, शुक्रवार)

बिरामी बच्चालाई अस्पताल लैजानको लागी आज गाउँमै पुगेर प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेल पास दिनु भएको छ । प्रजिअ पौडेलले ४५ दिनको पाणिनि २ पोखराथोकको सिद्धान्त सुनारलाई पास दिदै उपचारमा पठाउनु भएको छ । पौडेल उहाँले क्वरेन्टाइन कक्ष, शान्ति सुरक्षा तथा लकडाउनको समग्र अवस्थाको अनुगमन गर्नु भएको छ । कोरोना भाईरस बिश्वमै  महामारीको रुपमा फैलिएपोछी नेपालमा पनि नेपाल सरकारले लकडाउन  गरे सङै अर्घाखाँचीमा लकडाउनलाई प्रभाकारी गराउन र जनताको स्वास्थको सुरक्षा गर्न प्रमुख  जिल्ला अधिकारी सहित सम्पुर्ण सुरक्षा अंगको टिम गाउँ गाउँ पुगेको छ ।

डिआरजी सुमन
मैदान, अर्घाखाँची । अर्घाखाँचीको  पाणिनी गाँउ पालिका स्थित स्थित पोखराथोक,मैदान र पाली मा १०/१० सैयाको क्वारेन्टाइन स्थापना भएका छन  ।
स्थानीय तहमा खाद्यान्न सकिदै गएको भन्ने गुनासो मेटाउदै प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले पास वितरण पनि सुरु गर्नु भएको छ । आज दिउसो अर्घाखाँची डटकमसँग वोल्दै पौडेलले भन्नु भयो अत्यावश्यक प्रयोजनको लागी हामीले अनलाइन पासको पनि व्यावस्था गरेका छौ ।
यस्तै पाणिनी २ पोखराथोक स्वास्थ्य चौकि प्रमुख मनिस अधिकारीले पिपिई नभएको कारण विरामीसँग पुग्ने अवस्था नभएको वताउनु भयो । पाणिनी गाँउ पालिका वडा नं ५ अध्यक्ष जीवलाल घिमिरेले व्यापारीलाई कुनैपनि खाद्यान्न कमी नगराउन सजगता अपनाएको वताउनु भयो ।
तस्वीर केशव घिमिरे

अन्य समाचारहरु