डिआरजी सुमन
अड्गुरी, अर्घाखाँची डटकम् । पाणिनी गाँउपालिका र वडा नं ७ को समन्वयमा अड्गुरी स्थित भन्ज्याङमा रहेको विद्या विनोद मावीको भवनमा ८ सैंया को करेन्टाईन स्थापना गरिएको छ ।
अव विदेश तथा भारतवाट यस वडामा आउने जो कोहीपनि १४ दिन यसै करेन्टाईन वस्नु पर्ने वडा ७ का अध्यक्ष गुनाखर अधिकारिले वताउनु भएको छ । पाणिनी गाँउ पालिका अध्यक्ष अच्युत गौतम, उपादक्ष्य लक्ष्मी गौतम सहितका जनप्रतिनिधी, समाजसेवी जीवनारायण कोईराला, नेपाल प्रहरी, पत्रकार पनि आज अड्गुरी पुगेका थिए ।
विश्व महामारीको रुपमा रहेको कोरोना भाईरस नियन्त्रणको लागी पछिल्लो समयमा अर्घाखाँची स्थित स्थानीय सरकाहरुले पनि क्रियाशीलता वढाएका छन । पाणिनी गाँउ पालिका ले आफ्नो स्थानीय तहका सवै वडामा करेन्टाईन वनाउने काम अन्तिम चरणमा पुराएको छ ।
तस्वीर डिआरजी सुमन/अर्घाखाँची डटकम्