गणेश खनाल / अर्घाखाँचीडट्कम संवाददाता
असुरकाेट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । प्रादेशिक अस्पताल धनगढीमा भेटिएका चाैथो कोरोना भाइरस संक्रमितसँग अर्घाखाँची जिल्लाका ४ जना पुरूष पनि सँगै यात्रा गरेको पुष्टि भएकाे छ ।
जिल्लाको भुमिकास्थान नगरपालिका नुवाकाेटका पिते कामी र असुरकाेटका बाबुराम राना यस्तै छत्रदेव गाउँपालिका ठुलापाेखराका श्यामलाल रेग्मी र केरूङगाका भिम बहादुर दर्जी गरी ४ जना धनगढीका संक्रमितसँग जहाजमा आएको पुष्टि भएकाे हो ।
उनिहरु सबै ४ जना संपर्कमा आएका छैनन् । र अहिले सबैलाई प्रहरीले खाेजी जारी गरेकाे छ ।
धनगढीका संक्रमित दुबईबाट हालै मात्र नेपाल आएका उनी उच्च ज्वरो र रुघाखोकीको समस्यापछि चैत ११ गते अस्पताल भर्ना भएका थिए ।
अहिलेसम्म नेपालमा ५ जना कोरोना संक्रमित भेटिइसकेका छन् ।