कोरोना बिरुद्ध अर्घाखाँचीबासी एक ठाउँमा , सन्धिखर्क १ द्वारा छाक रोकिएकालाई खाद्यान्न (फोटो सहित)

शोभाखर पन्थी
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लालाई कोरोना भाईरस मुक्त जिल्ला बनाउन सरकारी तथा गैरसरकारी निकायहरू एकजुट भएर अगाडि बढेका छन् ।
 जिल्ला बाट निर्वाचित तिनै तहका जनप्रतिनिधि ,सुरक्षा निकाय, स्वास्थ्यकर्मि,क्रियासिल राजनीतिकदल , गैरसरकारी संघसंस्था ,निजि क्षेत्र ,सरकारी तथा निजी बिद्यालय लगायत जिल्लाका बुद्धिजीवीहरु समेत कोरोना भाईरस नियन्त्रणको निम्ति अहिले आआफ्नो ठाउँमा क्रियासिल छन् । 
जिल्लामा लकडाउन पुर्णरुपमा लागु गर्ने ,वैदेशिक रोजगारी बाट फर्केकाहरुको तथ्यांक संकलन गरि क्वारेन्टाइनमा राख्ने ,क्वारेन्टाइनमा राखिएकाहरुको खानपिन ,हेरचाह र औसधि उपचारको व्यबस्था मिलाउने ,गरिब,मजदुर तथा असहाय हरुको दैनिक खानपिनको जोहो गर्ने जिल्लामा नयाँ र अपरिचित मान्छे आएमा नीग्रानी गर्ने लगायतका कामहरू भैरहेका छन् । यसैबीच पछिल्लोपटक प्याव्सन अर्घाखाँचीको संयोजनमा अर्घाखाँची आबासिय माध्यमिक बिद्यालय बेलवाटीका सन्धिखर्कमा १६ शैयाको क्वारेन्टाइन निर्माण गरिएको छ । 
क्वारेन्टाइन लाई आबस्यकता अनुसार ४० शैयाको सम्म बनाउन सकिने बिद्यालयका प्रिन्सिपल तथा प्याव्सन केन्द्रीय समितिका सदस्य श्रीकृष्ण भुसालले बताउनुभयो । उहाँले क्वारेन्टाइनमा रहेहरुको खानपिन ,रेखदेख ,औसधिउपचार देखि लिएर मनोबल बढाउने काम गरिने बताउनुभयो । क्वारेन्टाइनमा ईन्टरनेटको समेत व्यवस्था मिलाईएको केन्द्रीय सदस्य भुसालको भनाइ छ । यसैबीच सन्धिखर्क नगरपालिका वडा नं.१ ले आज देखि वडा भित्रका अति बिपन्न जनतालाई खाद्यान्नको प्रबन्ध मिलाउन सुरु गरेको छ ।सन्धिखर्क वडा नं.१२ घरभई सन्धिखर्क १ को रतहले बजारमा बस्दै आएका ६६ बर्षिय मजदुर नारायण बिश्वकर्मा लाई कार्यबाहक वडाअध्यक्ष्य लक्ष्मण पराजुलीले १५ किलो चामल,२ किलो दाल,एकपोका तेल,एक पोका नुन उपलब्ध गराउनु भएको छ । 
परिवारमा एक्लो रहनु भएका मजदुर बि.क. २ दिन देखि चामल नभएर भोकभोकै बस्दै आएको बताउनुभएको छ । उहाँले वडाको सानो सहयोगले आफ्नो ज्यान बच्ने बताउँदै कोरोना भाईरस नियन्त्रणको निम्ति आफुले भोकभोकै बसेर भएपनि सरकारले घोषणा गरेको लकडाउन सफल पार्ने बताउनुभयो ।

अन्य समाचारहरु