अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क , अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा दैनिक उपभोग्य सामानहरु खरिद तथा विक्री गर्दा क्रेता तथा विक्रेताहरु बिच एक आपसमा सामाजिक दुरी कायम गरिएको छ ।
हाल विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस ( COVID-19) सङक्रमणबाट बच्नको लागि दैनिक उपभोग्य सामानहरु खरिद तथा विक्री गर्दा क्रेता तथा विक्रेताहरु बिच सन्धिखर्क बजारमा एक आपसमा सामाजिक दुरी कायम गर्न प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश बिष्ट सहितको प्रहरी टोलीले सहजीकरण गर्नुभएको थियो ।
यस्तै अर्घाखाँचीमा उपभोक्तालाई सामान उपलब्ध गराउने उद्योग बाणिज्य संघले ब्यबस्थापन गरेको छ।