अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क , अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले कोरोना भाईरस ( COVID-19) संक्रमणबाट बच्नको लागि डिसईन्फेक्सन स्प्रे गर्न शुरु गरेको छ ।
कोरोना भाईरस ( COVID-19) सङक्रमणबाट बच्नको लागि जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले आफ्नो कार्यालय परिसर, कार्यालय भवन र व्यारेकमा डिसईन्फेक्सन गरिएको स्प्रे गरेको हो ।
प्रहरीले क्रमश अन्य कार्यालय, क्षेत्रमा पनि डिसईन्फेक्सन स्प्रे गर्ने बताएको छ ।