अर्घाका ८ विपन्न परिवारलाई समाजसेवी वावुराम भुसालद्धारा खाद्यान सहयोग

प्रेम नारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा लकडाउनका कारण घरमा चुलो नबोलेका सन्धिखर्क ९ अर्घाका ८ विपन्न परिवारलाई समाजसेवी वावुराम भुसालले खाद्यान सहयोग गर्नु भएको छ । 
सारंगी बजाउदै घरमा पुगेर तथा अर्काको घरमा मजदुरी गरेर दुइछाक जोहो गर्दै आएका गन्धर्ब परिवार लकडाउन पछि खाद्यान अभावमा रहेका थिए । स्थानीयहरुले खानेकुराको समस्या भएको जानकारी गराएपछि समाजसेवी तथा नेपाली कांग्रेसका युवा नेता भुसालले प्रति परिवार एक बोरा चामल र तेल सहयोग गरेका हुन् ।
नत सारंगी बजाउदै घरमा हिड्न हुने नत गाउँघरमा मजदुरीको लागि बोलाउने भएपछि उनीहरु भोकै बस्नु पर्ने अबस्था सृजना भएको थियो । सन्धिखर्क ९ अर्घाका स्थानीय झुमा गन्धर्ब, कमला गन्धर्ब, पुजा गन्धर्ब, टानवहादुर गन्धर्ब, बालुकी गन्धर्ब , बाबुराम गन्धर्ब, कल्पना विक र अमृता विक गरी ८ जनालाई चामल र तेल वितरण गरेको समाजसेवी भुसालले बताए ।
कहिकतै खान नपाएर भोकै बसेको खवर पाए आफु खाद्यान सहयोग गर्ने भुसालको भनाई छ ।

अन्य समाचारहरु