अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण लकडाउनले गर्दा भारतमा अलपत्र परेका अर्घाखाँची जिल्लाका ४० जनालाई उद्दार गरी ल्याइदै छ ।
लकडाउनले गर्दा भारतमा अलपत्र परेका अर्घाखाँची जिल्लाका ४० जनालाई उद्दार गरी ल्याइने भएको हो । उनिहरु भारत र नेपालमा लकडाउनले गरेपछि सिमामा अलपत्र परेका थिए । उनिहरुलाई बसमा राखेर ल्ल्याइदै छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार अर्घाखाँची प्रवेश अनुमती दिएका सबैलाई क्वारेन्टाइनमा राखिने तयारी भएको छ।