अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । काेराेना भाईरसका कारण लकडाउन परेको बेलामा अर्घाखाँचीका एक व्यवसायीले आफ्नो घरमा बस्ने परिवारलाई एक महिनाकाे घरभाडा नलिने भएका छन् ।
सन्धिखर्कमा व्यवसायी वेदराज घिमिरेले आफ्नाे घरमा बस्दै आएका ६ परिवारहरुलाई चैत्र महिनाकाे भाडा मिनाहा गर्ने घाेषणा गरेका हुन् ।
सरकारले घरभाडा नलिन घरधनीलाई आग्रह गरे अनुसार उनिले आफ्नाे घरमा बस्दै आएका ६ परिवारहरुलाई चैत्र महिनाकाे भाडा मिनाहा गरेको फेसबूकमा स्टाटस लेखेर जानकारी गराएका छन् ।
घिमिरेकाे स्टाटस:-
अादरणिय बुवा अामा तथा दाजुभाइ दिदिबहिनिहरू राष्ट्र सङ्कट परेको बेला हिज नेपाल सरकारले घाेसणा गरे अनुसार घरधनिले 1 मैनाकाे घर भाडा नलिनेे भन्ने सम्बन्धमा हाम्रो परिबारकाे गए रातिको अाकस्मिक मिटिङ बसि हाम्रो घरमा बस्दै अाउनु भएका 6 परिबार हुनुहुन्छ वहाँ हरूलाइ चैत्र मैनाकाे घरभाडा नलिने निर्णय गरियाे ॥॥ घिमिरे किराना पसल स .न . पा .1