चैत्र ६ गते युएइबाट शारजहा बिमानस्थल हुँदै धनगढीको एक कोरोना संक्रमीत सङ्गै एउटै विमानमा काठमाडौ सम्म आएका अर्घाखाँचीका ४ जना यात्रु मध्ये संकासपद एकजना लाई रिफर गरिएको थियो, रिफर गरीएका ती ब्यक्तिको ल्याब परीक्षण पछि कोरोना नेगेटिभ रिपोर्ट आएको छ, अन्य ३ जना भने सामान्य अवस्थामा सन्धिखर्क स्थित क्वारेन्टाइनमा स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।

कमल बिष्ट
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । कोरोना भाइरस संक्रमणको आशंकामा सन्धिखर्कबाट बुटवल पठाइएका ४ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी बिष्णु बेल्बासेले अर्घाखाँचीलाई जानकारी गराए अनुसार सन्धिखर्कबाट बुटवल पठाइएका ७ जना बिमारी मध्ये ४ जनाको रिपोर्ट रिपोर्ट नेगेटिभ आएको हो । बाँकी २ जनाको रिपोर्ट आउन केही समय लाग्ने बताएकाे हाे । भने एक जनालाई स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै स्वाब नलिइकन फिर्ता गरिएको छ ।
यस्तै दुबईमा आइसोलेशनमा कामगर्ने स्वास्थ्यकर्मीलाई खाना पुर्याउने काम गरि फर्किएका भनीएका केरुङ्गाका भिमबहादुर दर्जीको नेगेटिभ आएको छ ।
उता अर्घाखाँचीमा ५ जनालाई आइसोलेशन र ३५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । यस्तै १३ जना होम क्वारेन्टाइनमा रखिएको छ ।
अर्घाखाँचीमा ४४४ क्वारेन्टाइन बेड तयार गरिएको छ ।

