अन्तराष्ट्रीय स्तरको भिंडियों कॉन्फ़्रेंस सम्पन्न, धेरै अर्घाखाँचीवाँसी भारतमा अलपत्र भएको भन्दै चिन्ता व्यक्त
चैत्र १७ गते, २०७६ मा प्रकाशित
डिआरजी सुमन
अन्तराष्ट्रीय डेक्स । अर्घाखाँची डटकम् परराष्ट्र मामिला व्युरोवाट गरिएको अन्तराष्ट्रीय स्तरको भिंडियों कॉन्फ़्रेंस डिआरजी सुमन र दिपक भुसाल समन्वयमा सम्पन्न भएको छ ।
अन्तराष्ट्रीय अर्घाखाँची सम्पर्क मन्चका अध्यक्ष रंजित कुमार क्षेत्री, विशिष्ट समाजसेवी विष्णु प्रसाद भट्टराई, विष्णु केसी , आरवी खड्का,टेकराज थापा, नारायण न्यौपाने, लक्ष्मण घिमिरे,चीरन केसी,मिलन न्यौपाने सहितका अर्घाखाँचीवाँसीसँग भएको अन्तराष्ट्रीय स्तरको भिंडियों कॉन्फ़्रेंसमा विभिन्न देशमा रहनु हुने अर्घाखाँची जिल्लावाँसीको पछिल्लो अवस्था वारे जानकारी लिने काम भएको छ ।
अन्तराष्ट्रीय स्तरको भिंडियों कॉन्फ़्रेंसमा समाजसेवी विष्णु प्रसाद भट्टराई,नारायण न्यौपाने,डिआरजी सुमन फ़ैन्स कल्वको अध्यक्ष चीरन खड्का,महासचिव मिलन न्यौपाने,लक्ष्मण घिमिरे सहितको छलफलले अर्घाखाँची जिल्लामा रहेका अति विपन्न परिवारमा अत्यावश्यक खाद्यान्न सामाग्री वितरण गर्ने योजना समेत वनाएको छ ।
आजको कन्फ्रेन्समा भारतका विभिन्न स्थानमा अलपत्र जिल्लावाँसीलाई जिल्लामा ल्याउनु आवश्यक पहल गर्नुपर्नेमा जोड दिएको थियो भने तेस्रो मुलुक अस्ट्रेलिया,दक्षिण एसीया,मध्यपूर्व,युरोप र अमेरिकी मुलुकमा रहेका नेपालीहरु सजगताको साथ सुरक्षित रहेको वताएको छ ।