अर्घाखाँचीडट्कम संवाददाता
अर्घा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । जिल्लाको अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर – १० अर्घाको बिहारमा एक युवती मृत अवस्थामा फेला परेकी छिन् ।
अर्घाको बिहारका तेज बहादुर कुँवर र राधा कुँवरकी छोरी २१ बर्षीया कबिता कुँवर झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।
घरको कोठामा झुन्डिएको अवस्थामा आमा राधाले देखेपछि पासो काटी उपचारका लागि जिल्ला अस्पताल अर्घाखाँचीमा लगेपनि उनको पहिले नै मृत्यु भएको प्रहरीले बताएको छ ।
बुटवलमा १२ कक्षाको पढाईसँगै ब्युटीपार्लर पनि सिक्दै आएकी कबिता लकडाउनको अघिल्लो दिन घर आएकी थिईन् । पछिल्लो समय उनी निरास देखिन्थिन् ।
मृत्युको कारण खुल्न सकेको छैन् । प्रहरी चौकी अर्घा (बिहारा)ले घटनाको अनुसन्धान भईरहेको बताएको छ । शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल अर्घाखाँचीमा रखिएको छ ।