सन्धिखर्क नगरपालिकाले राहत प्याकेज ल्यायो, सन्धिखर्कका गरिव परिवार भोकै बस्न नपर्ने, सबैका घर-घरमा खाद्यन्न जिन्सी सामाग्री पुराइने (निर्णयहरु सहित)

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम)  । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरकार्यपालिकाकाे काेरना भाईरस(काेभिड १९) राेगथाम तथा नियन्त्रण बारेमा विभिन्न निर्णयहरु गर्दै बैठक सम्पन्न भएको छ । 
बैठकले सन्धिखर्क नगरपालिकाका गरिव परिवारलाई राहत प्याकेज ल्याएको छ । बिहान बेलुकीकाे छाक टार्न समस्या भएका परिबारहरुकाे लगत संकलन आज नै गर्ने भएको छ ।    
नगरपालिकाले कोरोना भाइरस संक्रमण रोगथामका लागि टास्क फोर्स निर्माण गरेको थियो । सन्धिखर्क नगरपालिकाले कोरोना भाइरस संक्रमण रोगथामका लागि शिक्षा उपसचिवको संयोजकमा टास्क फोर्स (टिम) निर्माण गरेको हो । यस्तै समितीको सदस्यहरुमा मन्जु खनाल, पूर्ण प्रसाद पराजुली, धर्मराज पन्थी, डिल कुमार के.सी रहेका छन् । 
नगरकार्यपालिकाकाे बैठकका निर्णयहरु यस प्रकार रहेका छन्:- 
१)काेरना भाईरस(काेभिड १९) राेगथाम तथा नियन्त्रण वडा स्तरीय समन्वय समितिलाई क्रियासिल बनाउने ।
२)नगरपालिका भित्र बिहान बेलुकीकाे छाक टार्न समस्या भएका परिबारहरुकाे लगत संकलनका लागि पत्रचार गरिएकोमा आज मंगलवार साँझसम्म भेरीफाई गरी पठाउने ।
३)गुजारा चलाउन नसक्ने परिवारलाई तीनवटा प्याकेजकाे रुपमा वर्गिकरण गरि नगरपालिकाबाट व्यवस्थापनमा वार्डबाट वितरण गर्ने ।
४)व्यक्ति ,गैरसरकारी संघ संस्थाहरुकाे सहयोगी मनहरुलाई नगरपालिकासँग समन्वय मार्फत व्यवस्थापन गर्ने( राहत तथा जिन्सी सामाग्री वा अन्य वस्तु )
५)सन्धिखर्क नगरपालिका १२वटा वडामा रहेका स्वास्थ्य संस्थारुलाई अधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी प्रदान गर्न स्वास्थ्य शाखा मार्फत निर्देशन दिने ।
६)काेरना भाइरस (काेभिड- १९), काे राेगथाम तथा नियन्त्रण ,क्वारेन्टाइन व्यवस्थापन विपन्न गुजारा चलाउन नसक्ने परिवारलाई राहत व्यवस्थापन गर्न बजेट व्यवस्थापन गर्ने ।
७) लकडाउनलाई प्रभावकारी बनाउन सम्वन्धित वडाहरुले अन्य स्थान बाट आवत जावत गर्ने कार्यलाई राेक्न आम जनसमुदायलाई सचेत गराउने ।
८) काेरना भाइरस (कभिड -१९) राेगथाम तथा नियन्त्रणकाे नाममा मापदण्ड विपरीतका सामग्री वितरण गर्न कार्य राेक्ने ।९) राहत प्याकेजकाे समग्री खरिदकाे प्रक्रिया प्रचलित कानुन बमोजिम अवलम्बन गरि यथासिघ्र वडामा पठाउने ।


अन्य समाचारहरु