अर्घाखाँचीडट्कम संवाददाता
सिमलपानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर १४ सिमलपानीको बढेनीमा बुद्ध सामुदायिक बन उपभोक्ता समूहले आफ्ना ८० जना उपभोक्तालाई राहत बाढेको छ ।
बुद्ध सामुदायिक बन उपभोक्ता समूहले आफ्ना ८० जना उपभोक्तालाई ४५ किलो चामल, २ किलो दाल, १ किलो नुन र हात धुने साबुन २ पिसका दरले राहत बाढेको छ ।
समूहका अध्यक्ष दिलमाया पुन, सचिब प्रेम बहादुर थापा वार्ड अध्यक्ष दामोदर न्यौपाने बाणगगा सब डिभिजनका फरिस्टर धर्मेन्द्र दिक्त र शितगंगा १४ का कार्यालय सहायक लेखनाथ पोख्रेल, समाज सेवी धन बहादुर पुन, थमन रास्कोटी, थमन ताम्राकारको उपस्थितिमा राहत बितरण गरिएको थियो ।