प्रेम नारायण आचार्य
चुत्राबेसी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर २ चुत्राबेसीका एक युवाले बजारमा स्यानीटाइजरको अभाव भैरहेको समयमा सैनिटाइजर बनाएर निशुल्क वितरण गरिरहेका छन् ।
विश्वभर फैलिरहेको कोरोना महामारीबाट बच्नकालागि लुम्विनी मेडिकल कलेजमा एमविविएस अध्यनरत सन्देश आचार्यले आफैले स्यानीटाइजर वनाएर वितरण गरेका हुन् ।
इथानोल, एलोबेरा, हाईड्रोजन पर अक्साइड र भिटामीन इ क्याप्सुल प्रयोग गरेर अर्घाखाँची आवसीय माविको विज्ञान प्रयोगशाला प्रयोग गरेर स्यानीटाइजर बनाएर वितरण गरेको उहाँले बताउनु भयो ।
सन्धिखर्क १ मा रहेको युवा वर्ष जनता रविचित्र माविमामा रहेको क्वारेन्टाइनमा पाँच लिटर र जिल्लामा विकास निर्माण र निर्माणका कार्य गर्न बझाग तथा रोल्पा लगायतका मजदुरहरु लाई तीन लिटर स्यानीटाइजर प्रदान गरेका हुन् । राष्ट्रकोलागि युवा नामक सस्थामा रहेका उनी लुम्विनी मेडिकल कलेजका संयोजक रहेका छन् ।
निशुल्क स्यानीटाइजर वितरण गरिरहेका उनले लकडाउनका कारण दुइछाक खान समस्या भएका विपन्न तथा गरिब परिवारमा राहात वितरणको कार्यलाई अगाडी बढाउन खाद्य सामाग्री जुटाउन शुरु गरेको आचार्यले बताउनु भयो ।