पाणिनीको मैदानमा फ़ैन्स कल्वद्धारा अतिविपन्न परिवारलाई खाद्यान्न वितरण कार्य सुरु

डिआरजी सुमन 
मैदान,  अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी मैदानमा फ़ैन्स कल्वद्धारा अतिविपन्न परिवारलाई खाद्यान्न वितरण कार्य सुरु गरिएको छ ।
 यों समय दैनिक मज़दूरी गरेर परीवार चलाउन पर्ने वाध्यता भएका नागरिकहरुको चुलो नवोल्ने अवस्था पनि हुन सक्छ भन्ने अवस्थालाई मध्यनजर गर्दै डिआरजी सुमन फ़ैन्स कल्वका पदाधिकारीहरु दीपक भूसाल,चिरन खड्का र मिलन न्यौपानेको लगायतको आस्मिक वैठकले गरेको निर्णय वमोजिम पहिलो चरणमा पाणिनी ५ मैदान स्थित खिम वहादुर विकलाई तत्कालिन आवश्यकता पुरा गर्नको लागी एक वोरा चामल र दुई पैकेट नुन पाणिनी गाँउ पालिका वडा नं ५ का वडा अध्यक्ष जीवलाल घिमिरे, समाजसेवी ईन्द्रमणी घिमिरे,व्यावसायी विष्णु घिमिरेको रोहवरमा डिआरजी सुमन मार्फत वितरण गरिएको हो। 

अन्य समाचारहरु