( प्रकासित मिती: २०७६ चैत्र १९, बुधवार)
मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्य नेपाल-भारत सिमाना सुनौलीमा । अर्घाखाँचीडट्कम
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्य नेपाल-भारत सिमाना सुनौलीमा पुगेर उद्दार गरी सँगै लिएर आएपछि एकाएक हिरो स्वागत तथा सम्मान पाएका छन् ।
जिल्लाका अन्य ५ पालिका प्रमुख हुन् वा प्रतिनिधीसभा सदस्य, राष्ट्रियसभा सदस्य, प्रदेश सभा सदस्य हुन् अहिलेसम्म घरमा बसेर बोल्नु बाहेक केही नगरेको बेला अध्यक्ष बालकृष्ण आचार्यले रातारात सिमानामा पुगेर जिल्लाको प्रतिनिधित्व गर्नुका साथै अलपत्र परेका खनदहका विरामी मिनराज खनाललाई उद्दार गरी सँगै लिएर आए ।
अध्यक्ष आचार्यले सिमा पारी रहेका मालारानीका ९० जना मात्र नभएर जिल्लाका १४९ जना ल्याउने प्रयास पनि नगरेका होइेनन् । तर उच्च स्थरिय निर्यण अनुसार सिमाना पारी नै क्वारेन्टाइनमा राख्ने भनेपछि विरामी मिनराज खनाललाई उद्दार गरी सँगै लिएर आएका थिए ।
प्युठान, गुल्मी, रुपेन्देही, कपिलवस्तु, पाल्पाका कोही प्रतिनिधि पनि प्रतिनिधिहरु सुनौलीमा नपुगेका बेला अध्यक्ष आचार्य पुगेर साहसिक काम गरेका छन् । उनले चुनावको बेला गरेको सबै वाचा यो सँगै पुरा गरेको जिल्लाबासीमा अनुभुत भएको छ ।
जिल्लाभर जनताको सच्चा प्रतिनिधि बालकृष्ण आचार्य पो रहेछन् भन्ने महसुसु गरेका छन् अर्घाखाँचीबासी । सिमानामा पुगेर जिल्लाबासीलाई ल्याउने जुन प्रयास गरे अर्घाखाँचीमा मात्र नभएर अध्यक्ष बालकृष्ण आचार्यको साहासिक कार्यले सिमापारी बस्न वाध्य अर्घाखाँचीबासीले आउन नपाएपनि हाम्रो पनि जनप्रतिनिधी रहेछन्; भन्ने महसुसु गरेका छन् । अभिवाकत्व भएको महसुसु गरेका छन् ।
अध्यक्ष आचार्यले साथमा लिएर अर्घाखाँची आएका विरामी मिनराज खनालसँग भन्ने शब्द छैन् । उनी खुशी हर्षित छन्।
कोरोना भाईरस र लकडाउनपछि अध्यक्ष बालकृष्ण आचार्य रातदिन खटेका छन् । जिल्लामा एक मात्र मालारानी गाउँपालिका जहाँ अहिलेसम्म २३ जना क्वारेन्टाइनमा रहेका छन् । सन्धिखर्कमा १५ जना मात्र छन् ।
उद्दार गरी सँगै लिएर आएका विरामी मिनराज खनाल मालारानीको क्वारेन्टाइनमा राखिएको छ ।
यस्तै जिल्लामा एक मात्र मालारानी गाउँपालिकाका सबै कर्मचारीले ५ दिन बराबरको तलब कोरोना महामारी नियन्त्रण तथा व्यवस्थापन कोष मालारानीमा दिने भएका छन् । सम्पूर्ण कर्मचारीको ५ दिन बराबरको तलब रु. ३ लाख ८७ हजार ६ सय २१ रुपैया कोषमा जम्मा गरिने भएको छ ।
मलारानी गाउँपालिकामा तीन दिनको अवधीमा भारत लगायत विदेशबाट २६५ आएका छन् ।
कोरोना भाइरसको रोकथामका लागी मलारानी गाउँपालिकाले राखेको विवरण अनुसार भारतबाट २५४, कतारबाट २ , दुबईबाट ५ र अन्य मुलुकबाट ३ २६५ आएका हुन् ।
मलारानीमा अहिलेसम्म २३ जना क्वारेन्टाइनमा रहेका छन् । क्वारेन्टाइनमा अहिलेसम्म ३८ बेडको क्षमता रहेको छ ।
यस्तै आइसोलेसनमा १ कक्षमा ४ बेड तयार छन् ।