डिआरजी सुमन
मैदान । स्वतन्त्र पत्रकार तथा अर्घाखाँची डटकम् व्युरो प्रमुख डिल्लीराज घिमिरेको निष्पक्ष विचार र सामाजिक कार्यप्रति प्रभावित भई स्थापना भएको डिआरजी सुमन फ़ैन्स कल्वद्धारा पाणिनी ५ मैदानको एक अतिविपन्न परिवारलाई अतिआवश्यक खाद्यान्न सामग्री चामल र नुन वितरण गरेको छ ।
विश्वभर सन्त्रास फैलाएको कोरोना भाईरसको नियन्त्रणको लागी नेपाल सरकारले देश लकडाउन गरेको
सुमन फ़ैन्स कल्वद्धारा अतिविपन्न परिवारलाई खाद्यान्न वितरण कार्य सुरु गरिएको छ । यों समय दैनिक मज़दूरी गरेर परीवार चलाउन पर्ने वाध्यता भएका नागरिकहरुको चुलो नवोल्ने अवस्था पनि हुन सक्छ भन्ने अवस्थालाई मध्यनजर गर्दै डिआरजी सुमन फ़ैन्स कल्वका पदाधिकारीहरु दीपक भूसाल,चिरन खड्का र मिलन न्यौपानेको लगायतको आस्मिक वैठकले गरेको निर्णय वमोजिम पहिलो चरणमा पाणिनी ५ मैदान स्थित खिम वहादुर विक (साविकको मैदान ६) र चुरावहादुर कुमाल(साविकको मैदान) लाई तत्कालिन आवश्यकता पुरा गर्नको लागी एक वोरा चामल र दुई पैकेट नुन पाणिनी गाँउ पालिका वडा नं ५ का वडा अध्यक्ष जीवलाल घिमिरे, समाजसेवी ईन्द्रमणी घिमिरे,व्यावसायी विष्णु घिमिरे,पत्रकार कमला घिमिरेको रोहवरमा डिआरजी सुमन मार्फत वितरण गरिएको छ ।
समयमा दैनिक मज़दूरी गरेर परीवार चलाउन पर्ने वाध्यता भएका नागरिकहरुको चुलो नवोल्ने अवस्थामा पनि हुन सक्छ भन्ने अवस्थालाई मध्यनजर गर्दै डिआरजी सुमन फ़ैन्स कल्वका पदाधिकारीहरु दीपक भूसाल,चिरन खड्का र मिलन न्यौपानेको लगायतको आस्मिक वैठकले गरेको निर्णय वमोजिम पाणिनी ५ मैदान स्थित खिम वहादुर विकलाई तत्कालिन आवश्यकता पुरा गर्नको लागी चामल र नुन वितरण पाणिनी गाँउ पालिका वडा नं ५ का वडा अध्यक्ष जीवलाल घिमिरेको रोहवरमा पत्रकार डिआरजी सुमनले गर्नु भएको छ ।
वास्तविक अतीविपन्न,अनाथ र वृद्धावस्था भएका परिवारलाई लक्षित गरेर राहत उपलब्ध गराउने निर्णय वैठकले गरेको छ । यदि आफु वास्तविक रुपमा खाद्यान्न नै नभएर समस्यामा परेको पुष्टि हुनेगरी कल्वमा निवेदन दिएको खण्डमा हामी आवश्यक अनुगमन गरी अर्घाखाँची,पाल्पा तथा वाह्य जिल्लामा पनि आवश्यक राहत पुराउने गरी निर्णय गरेको छौ कल्वका अध्यक्ष चीरन खड्काले वताउनु भयो । यो समयमा दैनिक ज्याला मज़दूरी गरी साँझ विहान चुलो वाल्नेहरुलाई समस्या पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै हामी अत्यावश्यक खाद्यान्न पुराउने योजना वनाएको छौ कल्वका महासचिव मिलन न्यौपानेले वताउनु भयो ।
अर्घाखाँची डटकम मार्फ़त गरिएको अन्तराष्ट्रीय भिंडियों कॉन्फ़्रेंसमा यस्ता समस्या परेका नागरिकको हकमा तत्काल आवश्यक सहयोग गर्नु पर्ने विषयमा छलफल भए वमोजिम नै हामीले यों प्रक्रिया सुरु गरेका हौ संरक्षक दिपक भुसालको भनाई छ । हामी कुनै एउटा स्थानीय तह, एक जिल्ला भन्दा पनि नेपाल तथा देश वाहीर पनि वास्तविक समस्यामा परेको पुष्टी भएको निवेदन आएमा आवश्यक प्रकिया मिलाएर जस्तोसुकै राहत दिन तयार छौ । मानवीय सेवा नै धर्म हो भन्ने उद्देश्यले स्थापना गरेको यों कल्वले देश लकडाउन हुनुभन्दा २ दिन पहिला नै भारतको चण्डीगढ,जालन्धर र लुधियाना लगायतका शहरमा समस्यामा परेका ५०० वढी नेपाली नागरिकलाई दुर्गापुन र लक्ष्मण घिमिरे मार्फत नेपाल पुराउने गरी रेस्क्यु गरि सकेको छ ।