सन्धिखर्क नगरपालिका भित्र सबैले चैत्र महिनाको घरभाडा मिनाहा गर्नुपर्ने, घरबाट कसैलाई पनि निकाल्न नपाईने


अर्घाखाँचीडट्कम संवाददाता 
 सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाले गरिब तथा विपन्न परिवारलाई चैत्र महिनाको घरभाडा मिनाहा गर्ने भएको छ । साथै घरधनीहरुलाई घरभाडा नतिरेको भन्दै घरबाट निकाल्न नपाईने बताएको छ । 
कोरोना भाईरसका कारण लकडाउनका कारण काम गर्न नपाएका र ज्याला मजदुरी नपाएका भन्दै गरिब तथा विपन्न परिवारलाई चैत्र महिनाको घरभाडा मिनाहा गर्न लगाएको हो । 
तर नगरपालिकाले लकडाउनका कारण काम गर्न नपाएका वा व्यवसाय गर्न नपाएका व्यक्ति र कम्पनीहरुलाई बैंकमा तिर्न पर्ने ऋणको बारेमा भने केही बताएको छैन् । 

अन्य समाचारहरु