सन्धिखर्क नगरपालिका-१ द्वारा राहत बितरण (तस्बिर सहित)


कमल विष्ट 
सन्धिखर्क, अर्घाखाँची  (२१ चैत्र  ) । सन्धिखर्क नगरपालिका १ नम्बर वडा कार्यालयले वडा भित्र रहेका अति बिपन्न दैनिक ज्याला मजदुरी गरेर गुजारा गर्ने परीवार लाई राहत समाग्री बितरण गरेको छ ।
नोबेल कोरोना भाइरस KOVID -19 का कारण देश लकडाउनमा रहेको अवस्थामा दैनिक बिहान साझ खानेकुराको अभावका कारण समस्यामा परेका वडा भित्रका १ सय २२ परिवारलाइ राहत बितरण गरेको हो ।
जसमा ५ जना र सो भन्दा माथिको ३४ परीवार लाई प्रती परीवार ३० केजी चामल, २ केजी दाल २ लिटर खाने तेल र एक केजी नुन । ३ देखि ४ जना सम्मको ५२ परीवार लाई २० केजी चामल, १.५ केजी दाल, १.५ केजी खाने तेल र १ केजी नुन । त्यसैगरी २ जना सम्मकोपरीवार ३६ परीवार लाई १० केजि चामल, १ केजी दाल, १ लिटर खानेतेल र १ केजी नुनका दरले बितरण गरिएको हो ।
वडा स्तरीय राहत प्याकेज वितरण समन्वय समितिका संयोजक लक्ष्मण पराजुलिको संयोजकत्वमा वडा सदस्य हरु सुमित्रा मुखिया, आशा परीयार, बलबहादुर बिसी, सुरक्षा निकायका तर्फ बाट प्रहरी सहायक नीरीक्षक मनबहादुर थापा, सदस्य माया पन्थी र सदस्य सचिब कमलप्रसाद पोख्रेल लगायतको समितिले सन्धिखर्क स्थित टुडिखेलमा सुरक्षित ब्यवस्थापन सहित राहत समाग्री बितरण गरेको हो ।
बितरण कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमलप्रसाद भुसाल, उपप्रमुख ठाकुरकुमार बि.क. , प्रमुख प्रसासकीय अधिकृत जीवन ज्ञवाली , नगर शिक्षा अधिकारी युगलनारायण बस्याल, सब इन्जिनियर हरी बोहरा, पत्रकार कमल बिस्ट लगायतको सहभागिता रहेको थियो ।

अन्य समाचारहरु