खाँचीकोटको फुदवाङमा बिपन्न तथा गरिब परिवारलाई राहत बितरण (भिडियो, तस्बिर सहित)


अर्घाखाँचीडट्कम संवाददाता
फुदबाङ, अर्घाखाँची (अर्घाखाँचीडट्कम)। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटको फुदवाङमा बिपन्न तथा गरिब परिवारलाई राहत बितरण गर्ने कार्यक्रम सम्पन्न भएको छ ।
खाँचीकोटको फुदवाङमा कोरोना कोभिड १९ भाइरस र यसबाट सृजना भएको बिषम परिस्थिति र लक डाउनबाट पर्न गएको समस्यालाई केहि रुपमै भए पनि सम्बोधन गर्ने निर्णय बमोजिम १२९ जना बिपन्न तथा गरिब परिवारलाई राहत बितरण गर्ने कार्यक्रम सम्पन्न भएको हो ।
बिशेष राहत बितरण कार्यक्रम अन्तर्गत आज वार्ड कार्यलय फुदबाङमा वार्ड न ७ का अध्यक्ष पृतम बहादुर थापा लगायतका जनप्रतिनिधि तथा स्थानिय समाजसेबि बिभिन्न राजनैतिक दल र सुरक्षा निकायको रोहरबरमा फुदबाङमा राहत बितरण कार्य सम्पन्न भएको थियो ।
यसै सिलशिलामा अर्घाखाँचीडट्कम बिज्ञान प्रबिधि सन्योजक तथा प्रमुख सन्तोष कुमार केसी तथा डटकम सहकर्मी तथा प्रमुख बजार ब्यबस्थापक बसन्त खड्का लगायतको टोलीले वार्डका जनप्रतिनिधिसँग गरेको प्रत्यक्ष कुराकानी र स्थलगत रिपोर्ट गरेका थिए ।

अन्य समाचारहरु