सन्धिखर्क नगरपालिका – २ को कुर संखेटारीमा बिपन्न तथा गरिब परिवारलाई राहत बितरण (भिडियो, फोटो फिचर)


अर्घाखाँचीडट्कम संवाददाता
कुर संखेटारी, अर्घाखाँची (अर्घाखाँचीडट्कम)। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर २ चुत्राबेसी कुर संखेटारीमा बिपन्न तथा गरिब परिवारलाई राहत बितरण गर्ने कार्यक्रम सम्पन्न भएको छ ।
सन्धिखर्क नगरपालिका वार्ड नम्बर २ कुर संखेटारीमा कोरोना कोभिड १९ भाइरस र यसबाट सृजना भएको बिषम परिस्थिति र लक डाउनबाट पर्न गएको समस्यालाई केहि रुपमै भए पनि सम्बोधन गर्ने निर्णय बमोजिम बिपन्न तथा गरिब परिवारलाई राहत बितरण गर्ने कार्यक्रम सम्पन्न भएको हो ।
बिशेष राहत बितरण कार्यक्रम अन्तर्गत आज कुर संखेटारीमा वार्ड न ७ का अध्यक्ष मोती जङ रायमाझी लगायतका जनप्रतिनिधि तथा स्थानिय समाजसेबि बिभिन्न राजनैतिक दल र सुरक्षा निकायको रोहरबरमा राहत बितरण कार्य सम्पन्न भएको थियो ।

अन्य समाचारहरु