स न पा २ मा रहेका बिपन्न ,गरिब तथा दैनिक ज्याला मजदुरी गरेर खाने बर्गलाई लक्षित राहत बितरण गर्ने कार्य सम्पन्न ।

शन्खेटारी  अर्घाखाची— अर्घाखाची, स न पा वार्ड न २  मा कोरोना ” कोभिड -१९ भाइरस” र यसबाट सृजना भएको बिषम परिस्थिति र लक डाउन बाट पर्न गएको समस्यालाइ केहि रुपमै भए पनि सम्बोधन गर्ने निर्णय बमोजिम स न पा २  मा रहेका  बिपन्न ,गरिब तथा दैनिक ज्याला मजदुरी गरेर खाने बर्गलाई लक्षित राहत बितरण गर्ने कार्य सम्पन्न भएको छ्।

बिशेष राहत बितरण कार्य  वार्ड न २  का अध्यक्ष मोतिजङ रायमाझी  लगायतका जनप्रतिनिधि तथा स्थानिय समाजसेबी ,बिभिन्न राजनैतिक दल र सुरक्षा निकायको रोहरबरमा लक्षित बर्गलाई  राहत बितरण कार्य सम्पन्न भएको छ्।

अन्य केही छुटफुट र  समस्यामा परेका  वार्ड भित्र रहेकालाई  वार्डले सुची तैयार गरी सो राहत बितरण गर्ने योजना रहेको बताए । 

अन्य केही छुट र बाकी रहेका दैनिक मजदुरी र ज्यालादारी गर्नेको पहिचान गरी पुन राहत बितरण गर्ने बारे वार्डले सोचेको वार्ड अध्यक्ष मोतिजङ रायमाझीले  डट कम लाई जानकारी गराए।  यसै शिल शिलामा अर्घाखाची डट कम सहकर्मी तथा बजार ब्यबस्थापक बसन्त खड्का लगायतको टोलिले वडाका जन प्रतिनिधि सग गरेको प्रत्यक्ष कुराकानी गरेको छ।  

अन्य समाचारहरु