सन्धिखर्क नगरपालिकामा डिसईन्फेक्सन स्प्रे गर्न शुरु (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण न्यूनीकरण गर्न अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाले डिसईन्फेक्सन स्प्रे गर्न शुरु गरेको छ ।
नगरपालिकाले सन्धिखर्क बजार क्षेत्र, सरकारी कार्यालयहरु, क्वारेन्टाइन क्षेत्र लगायत भीडभाड हुने ठाउँमा डिसईन्फेक्सन स्प्रे गर्न थालेकाे हाे ।
सन्धिखर्क नगरपालिकाले डिक्साईड ४०० कमव्याटन नामक सर्टिफाईड केमिकल नगरपालिकाको मुख्य-मुख्य स्थानमा आईताबारदेखि छर्न शुरु गरेको बतायो ।
नगरप्रमुख कमल प्रसाद भुसाल उपप्रमुख ठाकुर कुमार बिक स्वास्थ्यकर्मीहरु नगरपालिकाका कर्मचारीहरुको उपस्थितिमा डिसईन्फेक्सन छरिएको हो । 

अन्य समाचारहरु