डिभर्नामा सन्धिखर्क – १२ द्वारा बिपन्न तथा गरिब परिवारलाई राहत बितरण (तस्बिर सहित)


बिक्रम पाण्डे,समान्ता
डिभर्ना, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको  सन्धिखर्क नगरपालिका वार्ड नम्बर १२ डिभर्नामा बिपन्न तथा गरिब परिवारलाई राहत बितरण गरीएको छ । कोरोना रोकथामका लागि सरकारले लकडाउन गरेपछि समस्यामा परेकाहरुलाई राहत वितरण गरिएको हो ।
कोभिड १९ का कारण लकडाउनमा बस्न वाध्य ज्याला मजदुरी गरि जीविको चलाउन धौधौ भएका तथा समस्या भएका ७५ घरधुरी अति बिपन्न परिवारहरुलाई सन्धिखर्क नगरपालिका वडा नं. १२ ले सरकारले निर्देशन गरेको निर्दिष्ट कार्यक्रम अन्तर्गत राहत वितरण गरेको हो ।
बिषम परिस्थिति र लक डाउनबाट पर्न गएको समस्यालाई मध्य नजर गर्दै बिपन्न तथा गरिब परिवारलाई राहत बितरण गरीएको वडा अध्यक्ष नारायण खड्काले बताउनुभयो । उहाँले भन्नुभयो , “अहिले वडामा दैनीकी ज्यालादारी गरी जिवन चलाउने ७५ जनालाई राहत वितरण गरीएको छ , यस वडाबाट ज्यालादारी गर्ने , गरीव तथा अति विपन्न वर्गका कुनै नागरीक छुट्नुभएको भए हामीले त्यस्ता ब्यक्तीहरुलाई सन्धिखर्क नगरपालीकासँग समन्वय गरी दोश्रो चरणको राहत कार्यक्रममा समाबेश गर्नेछौँ ।”
 
वडा कार्यालयमा नै ब्यबस्थित तबरले नागरीकहरुलाई साबुन पानीले हात धुन लगाई बिशेष रुपमा राहत बितरण कार्यक्रम सम्पन्न भएको हो । जनप्रतिनिधि तथा स्थानिय समाजसेबि बिभिन्न राजनैतिक दल र सुरक्षा निकाय तथा पत्रकारको रोहरबरमा राहत बितरण गरीएको हो । राहत समाग्री पाएपछि स्थानीय खुसी भएका छन्, स्थानीय विष्णु नेपालीले भन्नुभयो “बल्ल स्थानीय सरकार आएको महसुस भएको छ , म निकै खुसी छु स्थानीय सरकारलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।”
नेपाल सरकारले दिएको निर्देशनलाई आत्मसाथ गर्दै गरिव दीनदुःखी, दैनिक ज्यालादारी मा काम गर्ने मजदुर, अशक्त, अपाङ्ग भएका व्यक्तिहरूका लागि राहत प्याकेज अघि बढाईएको हो । सन्धिखर्क नगरपालिकाले पनि राहत प्याकेज कार्यक्रमलाई अगाडि बढाएको छ ।

अन्य समाचारहरु