अशोक खनाल
सन्धिखर्क, अर्घाखाँची । विश्वव्यापी फैलिएको कोराना भाइरस महामारीको रोकथाम तथा नियन्त्रणका निम्ति सन्धिखर्कको एक युनिफर्म हाउसले प्लाष्टिकका पिपिइ सेटहरु धमाधम तयार गरेको छ। प्लाष्टिकबाट तयार गरिएका पिपिइ सेट अन्तर्गत टोपी, गाउन, फुटवेयर, फुल हेन्डसेट , आइसेल्डहरु रहेका छन् ।
विश्व स्वास्थ संगठनले तोकेको मापदण्ड अनुसार पूर्णरुपमा नभए पनि स्वास्थकर्मी, सुरक्षााकर्मी , एम्बुलेन्स ड्राइभरहरुलाई पिपिइको अभावबाट बन्चित नगराउने उदेश्यले यसलाई प्रयोगमा ल्याइएको अर्घाखाँची अस्पतालका प्रमुख डा. कपिल गौतमले बताए ।
सो पिपिइ सेट प्रति सेट २४५ मा तयार भएको युनिफर्म हाउसका सञ्चालक प्रमोद बन्जाडेले बताए । हाल सम्म ४०० सेट तयार भैसकेको र उक्त सेटलाई प्रयोगमा ल्याइसकिएको डा. गौतमले जानकारी दिए ।