श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । कोरोना भाइरस अर्थात (कोभिड १९) को महामारी संग लड्न देउराली यातायात अर्घाखाँची प्रालिले जिल्लामा रहेका ६ वटै स्थानिय सरकारलाई आर्थिक सहयोग गरेको छ ।
प्रालिको मंगलवार बसेको बैठकले कोरोना भाईरसका कारण विश्व नै संकटमा परेको समयमा कोरोना भाइरसको महामारी संग लड्नका लागी भन्दै जिल्लाका सबै स्थानिय सरकारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो । सोही अनुसार प्रालिले बुधबार प्रत्येक पालीकालाई १ लाख १ हजारको दरले जम्मा रु ६ लाख ६ हजार रुपैया आर्थिक सहयोग गरेको प्रालिका अध्यक्ष योगेन्द्र बहादुर खड्काले जानकारी दिनुभयो ।
प्रालिले आजै सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमलप्रसाद भुसाल, भुमिकास्थान नगरपालिका प्रमुख रेशम थापा र मालारानी गाउँपालीका अध्यक्ष बालकृष्ण आचार्यलाई चेक हस्तान्तरण गरेको छ भने, शितगंगा नगरपालीका, छत्रदेव गाउँपालीका र पाणिनी गाउँपालीकालाई पनि प्रतिनिधी मार्फत चेक प्रदान गरीने प्रालिका प्रबक्ता गोबिन्द बन्जाडेले जानकारी दिनुभयो । सामाजिक दुरीलाई मध्यनजरगर्दे चेक मार्फत सहयोग रकम हस्तातरण गरिएको प्रालिका सदस्य सचिब प्रेम पाण्डले बताउनु भयो ।
कार्यक्रममा भुमिकास्थान नगरपालीका उपप्रमुख खडानन्द बेल्वासे, प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद भण्डारी,प्रालिका सदस्य भेषबहादुर बिसी,शिब अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
२०६१ सालमा स्थापना भई छोटो समयमा शहर देखी गाँउका कुनाकन्दाराहरुमा आफ्नो सेबा बिस्तार गरेको देउराली यातायात अर्घाखाँची प्रालिमा हाल ११५ वटा सवारी जिप ३२ वटा हाईस गाडी र ४ वटा मिनि बसहरुले सेबा दिई रहेका छन ।