बिपन्न परिवारलाई सहयोग गर्दै लङका यातायातका अध्यक्ष तथा युवा व्यवसायी कृष्ण बहादुर भुसाल


सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १० अर्घामा जन्मनु भएका युवा ब्यबसायी कृष्ण बहादुर भुसाल यातायात ब्यबसायीको रुपमा छल्याङ मार्ने यातायात ब्यबसायी हुन ।
जन्म थलो अर्घाखाँची भएपनि कर्मथलो प्रदेस नम्बर ५ को दाङ र काठमाडौंमा लामो समय यातायात क्षेत्रमा योगदान पुराएका कृष्ण दाङका बिभिन्न संघसस्थामा आबद्द भई अर्घाखाँची आफ्नो जन्म थलोमा केहि गर्न पर्छ भनि तत्कालीन गाडीहरुको सिन्डिकेट भएको बेला निकै खटेर अर्घाखाँचीमा लङका यातायात प्रालि दर्ता गरि गाडी सन्चालन गर्न सफल भएका ब्यक्तिको रुपमा चिनिन्छन ।
लङका यातायातका अध्यक्ष तथा युवा ब्यबसायी कृष्ण बहादुर भुसालले लकडाउनका बेला कुनै बिपन्न परिवार खाना समस्या परेमा आफुले ब्यक्तिगत रुपमा सहयोग गर्ने उहाको दावी  छ ।
लकडाउन सुरु भए लगत्तै खाना समस्यामा परेका अर्घाका केहि गन्धर्वहरुलाई चामल नुन तेल उपलब्ध गराएका भुसालले सामाजिक क्षेत्रमा निकै सहयोग गर्दै आएका छन । 
जिल्लाका बिभिन्न मृर्गौला पिडितलाई सहयोग गर्दै आएका भुसालले लकडाउनका बेला पुर्ण रुपका होम क्वारेन्टाइनमा बस्न र सरकारले गरेको निर्णयलाई सबैले पालना गर्नु पर्ने बताउदै राम्रोसँग हात धुन सरसफाइमा ध्यानदिन उहाको आग्रह छ सहयोगी मनका धनि भुसालले कसैलाई समस्या परेमा आफुलाई सम्पर्क गर्न आग्रह गर्नु भएको हो ।  भुसाल सामाजिक क्षेत्रमा काम गर्न उत्साहा हुने युवा हुन ।

अन्य समाचारहरु