अर्घाखाँचीमा १३ जनाको र्‍यापिड टेस्ट गर्दा सबैको रिपोर्ट कोरोना नेगेटिभ


प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा क्वारेन्टाइनमा रहेका १३ जनाको र्‍यापिड टेस्ट गर्दा सबैको रिपोर्ट कोरोना नेगेटिभ आएको छ । 
सन्धिखर्क नगरपालिकाको वडा नम्वर १ को  युवा वर्ष रविचित्र माध्यमिक विद्यालयको क्वारेण्टाइनमा रहेका ७ जना र भूमिकास्थान नगरपालिका ढाकाबांगको  क्वारेण्टाइनमा रहेका ६ जना गरी  १३ जनाको र्यापिड टेस्ट गरीएको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले जानकारी दिए  । 
पहिलो चरणमा टेस्ट गरिएका सबै १३ जनाको रिपोर्ट  नेगेटिभ आएको हो । यो टेस्ट पोजेटिभ आएमा बल्ल स्वाबको परीक्षण गर्न बुटवल रिफर गरिनेछ । नेगेटिभ आएकालाई घर पठाइएको र ७ दिन घरमै होम क्वारेण्टाइनमा सुरक्षित बस्न आग्रह गरिएको छ ।

अन्य समाचारहरु