अर्घाखाँचीमा नेकपा अध्यक्ष आचार्यद्वारा नयाँ बर्ष शुभकामना, कोरोना भाईरस नेपाली जनताको एकताबाट परास्त पार्ने दृढता

शोभाखर पन्थी 
सन्धिखर्क, अर्घाखाँची ।  नेपाल कम्युनिस्ट पार्टी नेकपा अर्घाखाँचीका अध्यक्ष चेतनारायण आचार्यले नयाँ बर्ष २०७७ को अबसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
उहाँले एक प्रेस वक्तव्य प्रकाशित गरि स्वदेश  तथा बिदेशमा रहनुहुने संपूर्ण दाजुभाई तथा दिदीबहिनी हरुको सुख,शान्ति र समृद्धिको निम्ति हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रदेश सभाका सदस्य समेत रहनुभएका आचार्यले नयाँ बर्ष लाई नेपाली जनताले उत्साह र उमंगको रुपमा मनाउँदै  आएको भएपनि यस पटक कोरोना भाईरस (कोभिड-१९ )जस्तो माहामारीको सन्त्रास र यस सँग जुध्नु पर्ने गंभिर चुनौती हाम्रो सामु आएको भन्दै  सिङ्गो विश्व समुदाय लाई नै अस्तव्यस्त पार्ने गरि आएको यो चुनौती लाई परास्त गर्न अहिले हाम्रा तीन वटै तहका सरकार लागि परेको बताउनुभयो  । उहाँले देश बासी संपूर्ण दाजुभाइ दिदीबहिनी हरुको आपसी सहयोग र एकता बाट  यो कठिन अबस्था लाई परास्त  गर्न सकिने भन्दै आ आफ्नो  ठाउँ बाट सरकार लाई सहयोग पुर्याउन आग्रह गर्नुभयो । 
साथै उहाँले यस अवसरमा पुँजी र प्रविधिको होड होईन प्रकृति र मानव समुदायका अमुल्य प्राकृतिक वैभवमैत्री चेतको विकास सहित “सुखी नेपाली र समृद्ध नेपाल” निर्माणमा हामी सवैलाई सफलता मिलोस् भन्दै नयाँ वर्षको सवैमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
अध्यक्ष आचार्यले अहिले बिहान ८ बजे प्रधानमन्त्री केपि शर्मा ओलिको अग्रह अनुसार नेपाली जनताको एक्यवद्धताको निम्ति राष्ट्रिय धुन बजाउन र घरघरमा बसेर राष्ट्रिय गान गाउन समेत  जिल्ला बासिलाई आग्रह  गर्नुभएको छ ।

अन्य समाचारहरु