अर्घाखाँचीका स्थानीय जनप्रतिनिधि निकै व्यस्त


हृदय भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) २०७७ वैशाख २ गते ।  यतिवेला ७ सय ५३ स्थानीयतहका प्रमुख,उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडासदस्यहरू निकै व्यस्त छन् । 
सेवा प्रवाह गर्ने जनताको सबैभन्दा नजिकको निकाय वडा कार्यालय र स्थानीयतह हो । जनताको मतबाट विजयी स्थानीयतहका ३६ हजार जनप्रतिनिधि यतिवेला कोभिड–१९ फैलिन नदिन सक्रिय मात्र छैनन् लक डाउनका कारण आमनागरिकलाई परेका समस्या समाधानमा सहयोगी पनि बनेका छन् ।
सन्धिखर्क नगरपालिका–११ का वडाध्यक्ष धुव्रराज आचार्य लक डाउनको वेला पनि बिहानै सबेरै घरबाट निस्कन्छन् र साँझ अबेर मात्र घर फर्किन्छन् । सरकारी संरचनाको सबैभन्दा तल्लो निकाय वडा कार्यालयको प्रमुख भएको हुनाले पनि यतिवेला उनको व्यस्तता निकै बढेको छ ।
अर्घाखाँचीका ६ वटा पालीकाको राहत कोषमा प्याब्सन अर्घाखाँचीद्धारा १७ हजारका दरले सहयोग प्रदान (तस्बिर सहित)
उनको दैनिकी खान नपाउने समस्यामा परेका व्यक्तिहरूको पहिचान र राहत वितरण, पसल सञ्चालनका नाममा कतै अनियन्त्रित भिडभाड, बाहिरवाट कोही नआउन्, बाहिर कोही नजाउन् भनेर कोरोनाको बारेमा सचेत गराउँदै बितेको बताउँछन् ।
कोभिड–१९ को महामारी रोकथाम तथा नियन्त्रणका सम्बन्धमा संघीय तथा प्रदेश सरकारबाट भएका निर्णयहरूको कार्यान्वयन गर्ने जिम्मेवारी उनीजस्तै ६ हजार ७ सय ४३ वडाध्यक्षको काँधमा आइपरेको छ । कोभिडको रोकथाम तथा नियन्त्रणका लागि मुलुक लक डाउनमा छ । सरकारी निजी सबै निकाय बन्द गरिएका अवस्थामा छन् । निजी निजी क्षेत्रमा कार्यरत व्यक्ति र आममानिसलाई घरमै बस्न सरकारले भनेको छ । सधैं व्यस्त रहने व्यक्तिहरू पनि फुर्सदिला बनेका छन् । तर, स्थानीयतहका जनप्रतिनिधि भने देशैभर सक्रिय छन् ।
नगरपालिकाको दैनिक कामकाज रोकिए पनि त्यसभन्दा धेरै बढी यतिवेला काम थपिएको सन्धिखर्क नगरपालिका नगरप्रमुख कमलप्रसाद भुसाल बताउँछन् । सहरी क्षेत्र भए पनि आवश्यकताअनुसार जनचेतना फैलाउने, क्वारेन्टाइनमा रहेकाको अवस्था बुभ्mने, स्वाथ्य सामग्रीको प्रबन्ध मिलाउने, विदेशबाट आएर आप्mनो घरमा बसिरहेका व्यक्तिहरूको स्वास्थ्य अवस्थावारे बुभ्mने, मजदुरहरूलाई राहत वितरण, लक डाउनको प्रभावकारी र जनताका गुनासोलाई बिहानदेखि साँझसम्म सम्बोधन गर्नका लागि लाग्नुपर्ने अवस्था रहेको प्रमुख भुुसालले बताए ।
क्वारेन्टाइन स्थलको व्यवस्थापन, त्यहाँ बसेकाहरूको खानपानको उचित व्यवस्थापन, मजदुरहरूको तथ्यांक संकलन तथा राहत वितरणमा निकै व्यस्त भएको मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यले बताए । स्वास्थ्य सुरक्षा सामग्रीको जोहो गर्ने, सार्वजनिक स्थलहरूमा औषधि छर्कनेलगायत गतिविधिहरूमा दैनिक रूपमा कोरोना रोकथाम र नियन्त्रणसम्बन्धी काममा सबै काम छोडेर यही काममा व्यस्त भएको आचार्यको भनाइ रहेको छ ।
यतिवेला स्थानीयतहका जनप्रतिनिधि ज्यालादारी श्रमिकहरूको घरघरमै पुगी राहत स्वरूप खाद्यान्न वितरण, पालिका तथा वडाहरूमा क्वारेन्टाइन र आइसोलेसन कक्षको निर्माण तथा सञ्चालन, गाउँगाउँमा माक्स, साबुन र स्यानिटाइजरको वितरण, विदेशबाट आएकाहरूको तथ्यांक संकलन गरी क्वारेन्टाइनमा राख्ने वा घरमै सेल्फ क्वारेन्टाइनमा राख्ने, अन्तर जिल्ला तथा पालिका जोड्ने नाकाहरूमा हेल्थ डेक्सको सञ्चालन, विभिन्न माध्यमबाट आमनागरिकलाई निरन्तर सचेत गराउनेजस्ता महत्वपूर्ण कार्यमा निरन्तर व्यस्त भएको देखिन्छ ।
अर्घाखाँची जिल्लाका ६ वटै स्थानीयतहका प्रमुख -उपप्रमुख, ६१ वडाध्यक्ष र वडा सदस्यहरू कोरोना रोकथाम र नियन्त्रणको काममा समयको कुनै पर्वाह नगरी निरन्तर लागिरहेका छन् । 

अन्य समाचारहरु