अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेपाली कांग्रेसका नेता तथा पुर्व मन्त्री रेवती प्रसाद भुसालले अर्घाखाँची जिल्लाका ६ वटै पालिकाको राहत कोषमा ६० हजार सहयोग गरेका छन् ।
भुसालले अर्घाखाँचीका ६ वटै पालिकाको राहत कोषमा (रू १०,०००) दस हजारको दरले ६० हजार सहयोग गरेका हुन् ।
भुसालले जिल्ला सभापती बिष्णु मुस्कान मार्फत उक्त रकम पठाएका छन् ।