अर्घाखाँचीमा लकडाउनका कारण एफ.एम रेडियो सुन्नेको संख्या बढे, अर्घाखाँचीडट्कम हेर्ने शत प्रतिशत
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । कोरोना भाइरस अर्थात (कोभिड १९) को महामारीसँग लड्न गरिएको लकडाउनका बेला अर्घाखाँचीमा सन्चालनमा आएका एफ.एम रेडियो सुन्नेको संख्या बढेको छ ।
अर्घाखाँचीडट्कमले जिल्लाका ६ पालिकाका विभिन्न गाउँमा गरेको सोधमा लकडाउनका बेला जिल्लाभर सन्चालनमा आएका एफ.एम रेडियो सुन्नेको संख्या बढेको हो । जसमा प्रत्येक व्यक्तिले लकडाउनका बेला प्रति दिन औसतमा ३.३० घण्टा रेडियो सुन्दै छन्। जुन अनुसार घरमा रेडियो श्रोताको संख्या यसअघि प्रति दिन औसतमा २.३० घण्टा थियो ।
डट्कमले जिल्लाका ६ पालिकाका विभिन्न गाउँमा १८ वर्षदेखि ८० वर्ष उमेरका १५ – १५ गरी ९० जनालाई सोधेको मध्ये ८५ प्रतिशतले औसतमा ३.३० घण्टा रेडियो सुन्दै आएको बताए । ५ प्रतिशतले ८ घण्टासम्म र १० प्रतिशतले ४.३० घण्टा दैनिक रेडियो सुन्दै आएको बताए ।
तर लकडाउन पुर्व भने २० प्रतिशतले रेडियो नसुन्ने, ७० प्रतिशतले १ – २ घण्टा रेडियो सुन्दै आएको बताए । ४ प्रतिशतले ४ – ६ घण्टा, २ प्रतिशतले समाचार र ४ प्रतिशतले मनोरन्जनका कार्यक्रम एफ.एम रेडियोमा सुन्दै आएको बताए । मनोरन्जनका कार्यक्रम सुन्नेले कहिले २-३ घण्टा, कहिले ४-६ घण्टा सुन्ने बताए ।
अर्घाखाँची जिल्लामा पछिल्लो समय रेडियो श्रोताको संख्या घटेको देखिन्छ । सोधका क्रममा कयौले ईन्टरनेट, मोबाईलका कारण एफ.एम रेडियो नसुन्ने प्रतिकिया दिए । सोधेका सबैले कहिले रेडियो, कहिले मोबाईलबाट एफ.एम रेडियो सुन्ने बताए ।
अर्घाखाँची जिल्लामा आधा दर्जन बढी एफ.एम रेडियो संचालनमा आएका छन् । माथि र यस अगाडिको तथ्याङ हेर्दा जिल्लामा एउटा रेडियो नियमित दैनिक सुन्नेको संख्या औसतमा २०० जनासम्म रहेको देखिन्छ । गाउँ र बजारका पसलमा कतै – कतै यि रेडियो बजाएको देखिन्छ । साथै ५५-६० वर्ष माथि उमेरका अनुमानित ८५ प्रतिशतले एफ.एम रेडियो सुन्ने गरेको देखिन्छ । त्यसमा पनि रेडियो नेपाल सुन्ने बढी छन् । जिल्लाका केही एफ.एमले अन्लाईनबाट सुन्न सक्ने बनाएपनि अन्लाईनबाट पनि सुन्नेको संख्या लगभग सुन्य देखिन्छ ।

रेडियो सधैं जनताको साथी हो । समय राम्रो छ वा खराब । एफएम रेडियो कोरोना महामारीको कारण लकडाउनको क्रममा पनि मान्छेहरुको एक विश्वसनीय साथी साबित भइरहेको भएता पनि सूचना र प्रविधिको विकाससँगै रेडियो सुन्ने श्रोता घटेका छन् । नेपालमा रेडियो सुन्ने श्रोताको संख्यामा कमी आउनुको प्रमुख कारण श्रोताको चाहना र रेडियोले पस्किने सामग्रीबीच मिल्न नसकेको तालमेल पनि हो । त्यसबाहेक रेडियो सेट नभएकै कारण सुन्न नपाउनेहरुको संख्या पनि कम छैन । सर्वेक्षणले पनि ५५ प्रतिशतभन्दा बढीले रेडियो सेट नभएकाले रेडियो नसुन्ने गरेको देखाएको छ । रेडियो सेटबाट रेडियो सामग्री सुन्नेको संख्या ४८ प्रतिशत छ । जबकी मोबाइलबाट रेडियो सुन्नेहरु ५६ प्रतिशत छन् । पहिले रेडियो सुन्ने हाल सुन्न छाडेका श्रोता पनि ९ बढी प्रतिशत छन् ।

नेपालमा २००७ साल मंसिर २८ गते भोजपुरबाट रेडियो प्रशारण भएको उल्लेख छ तर औपचारिक सुरुवात भने सोही बर्षको चैत्र २० गते काठमाडौंबाट भएको पाईन्छ । २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएपछि प्रजातन्त्र रेडियोका नाममा बिराटनगरबाट प्रसारण भईरहेको रेडियो काठमाडौं ल्याईएको नेपालमा रेडियो इतिहाससँग सम्बन्धित बिभिन्न पुस्तकमा उल्लेख छ ।
नेपालमा २०५२ सालदेखि एफएम प्रशारण सुरु भएको थियो । ८८ मेगाहर्ज देखि १ सय ८ मेगाहर्ज निर्धारण गरी रेडियो नेपालले पहिलो पटक एफएम रेडियोको सुरुवात गरेको थियो । अहिले मुलुकका सबैजसो जिल्लामा दर्जनौंको संख्यामा एफएम रेडियो स्थापना भएका छन् । प्रविधिले ठूलो फड्को मारेपनि रेडियोलाई विश्वभर अहिलेपनि गतिशिल सञ्चारमाध्यमको रुपमा लिने गरिन्छ । नेपालको सन्दर्भमा शहरी क्षेत्रमा रेडियोको लोकप्रियता खस्कँदै गएपनि ग्रामिण क्षेत्रमा अझै रेडियोको लोकप्रियता र आवश्यकता घटेको छैन । नेपालका अधिकांश क्षेत्रमा अहिले पनि रेडियो र एफएम सुनेरै सूचना तथा मनोरञ्जन प्राप्त गर्नेको संख्या अन्य सञ्चारमाध्यमको भन्दा उल्लेख्य बढी रहेको तथ्याङ्क छ ।
अर्घाखाँचीडट्कम हेर्ने शत प्रतिशत
अर्घाखाँचीडट्कमले जिल्लाभर गरेको सोधमा लकडाउनका बेला अर्घाखाँची जिल्लाभरबाट अर्घाखाँची अन्लाईन संस्करण (www.arghakhanchi.com) हेर्नेको संख्या ९५ प्रतिशत रहेको छ । जुन संख्या शत प्रतिशत अर्थात ईन्टरनेट, मोबाईल प्रयोग गर्ने सबै हुन् ।
डट्कमले सदरमुकाम सन्धिखर्क लगायत जिल्लाभर ६ पालिकाका १८ वर्षदेखि ६५ वर्ष उमेरका २५० जनालाई सोधेकोमा ९५ प्रतिशतले अर्घाखाँचीडट्कम बिहान, बेलुका नियमित हेर्ने बताए । ५ प्रतिशतले ईन्टरनेट, मोबाईलका कारण नाम सुनेपनि नहेर्ने बताए । ५ प्रतिशत ४५ – ६५ वर्षका उमेरका हुन् ।
यस्तै ९५ % मा ५२ प्रतिशतले ल्यापटप, कम्प्युटर अर्घाखाँचीडट्कम हेर्ने र ४३ प्रतिशतले मोबाईलबाट हेर्ने बताए । उनिहरु सबैले डट्कममा अर्घाखाँचीका समाचार सबै एकै पटक पढन् पाईने भएकोले नियमित हेर्ने गरेको बताए । अर्घाखाँचीका समाचार हेर्न अर्घाखाँचीडट्कम र राष्ट्रिय समाचारका लागि कान्तिपुर, नागरिक, सेतोपाटी, देशसन्चार जस्ता राष्ट्रियस्तरका समाचारका अन्लाईन हेर्ने बताए । ५२ प्रतिशतले डट्कमको सिदा www.arghakhanchi.com मा गएर हेर्ने र ४८ प्रतिशतले फेसबूक, सामाजिक सन्जालबाट हेर्ने बताए ।
यस्तै ति २५० जना ९५ % डट्कम हेर्ने मध्येलाई सोध्दा अर्घाखाँचीमा कांग्रेस, नेकपा राजनीतिक दल समर्थक न्युज वेबसाईट बाहेक कुनै पनि अन्य अन्लाईन मिडिया नभएको, कसैले पनि थाहा नभएको बताए । अर्घाखाँचीडट्कम घरको आगन, हाम्रो खेल्ने ठाउँ भनी उनिहरुले बताए । अर्घाखाँचीको नाममा न्युज वेबसाईट भएपनि तिनिहरु मिडिया होइेनन्, आफुलाई मनोरन्जनका लागि खोलेका वेबसाईट हुन्, सोधमा सबैले बताए ।
यस्तै काठमाडौं, बुटवल, पोखरामा बस्ने १८ वर्षदेखि ६५ वर्ष उमेरका १७५ जना अर्घाखाँचीबासीलाई सोध्दा शत प्रतिशत सबै १७५ जनाले अर्घाखाँचीडट्कम नियमित हेर्ने, कहिले पनि नछुटाउने बताए । जसमा ६५ प्रतिशतले डट्कमको सिदा www.arghakhanchi.com मा गएर हेर्ने र ३५ प्रतिशतले फेसबूक, सामाजिक सन्जाल मार्फत हेर्ने बताए । कुल १७५ जनामा १५० जना सरकारी जागिरे र व्यापारी छन् भने २५ जना विधार्थी, गृहिणी छन् । उनिहरुले जिल्लाको न्युज हेर्न अर्घाखाँचीडट्कम मात्र हेर्ने अरु राष्ट्रिय समाचारको लागि टि.भी , काठमाडौंका राष्ट्रिय समाचार हेर्ने बताए ।
“उनिहरुले अर्घाखाँचीडट्कमका १२, १५, २० वर्ष अगाडिका समाचार खोजी -खोजी हेर्न पाउदा आनन्द आउने बताए । ति शत प्रतिशतले अरु फेसबूकमा जे जस्तो समाचार आएपनि अर्घाखाँचीडट्कममा समाचार नआउन्झेल अधिकारिक नलाग्ने, डट्कम हेरेपछि समाचारको विश्वास गर्ने, त्यसैलाई आधार बनाउने बताए” । सोधका क्रममा अर्घाखाँचीमा सबै पत्रकार बनेका छन्, अरब देशमा काम गर्न गएको पनि पत्रकार, व्यापारी जो सुकै पनि पत्रकार भएर हैरान पारे, फेसबूकमा ट्याग गरेर फोटो, समाचार लेख्ने समुहले हैरान परे भनी उनिहरुले गुनासो गरे । अरु अन्लाईन अर्घाखाँचीको नाममा २,४ वर्ष चल्छन्, आउन्छन् जान्छन् तर ईतिहास बोकेको जिल्लाको एक मात्र अधिकारिक अर्घाखाँचीडट्कममा गएर समाचार हेर्न सुझाव दिए । “केही अर्घाखाँचीको के-के नाममा खोलेका अन्लाईन हेर्न पनि लाज लाग्छ, शुद्द नेपाली समेत लेख्न आउँदैन अन्लाईन चलाऊन्छन्, न पत्रकारिता ज्ञान छ भनी उनिहरुले गुनासो गरे” ।
अर्घाखाँचीडट्कम सन् १९९८ देखि ब्लग हुँदै सन् २००६ पछि www.arghakhanchi.com मा नियमित संचालनमा आएको छ । जुन नेपालको पहिलो अन्लाईन मिडिया हो ।