अशोक खनाल
सन्धिखर्क, अर्घाखाँची । युबा संघ नेपाल अर्घाखाँचीले आज प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेललाई आज ज्ञापन पत्र बुझाएको छ ।
ज्ञापन पत्रमा बिश्वभर फैलिएको कोरोना भाइरस (कोबिड -१९) को रोकथाम र नियन्त्रणका लागि आवश्यक परे भोलेन्टियरको निम्ति युबा संघ तयार रहेको उल्लेख गरिएको छ ।
जिल्ला संयोजक गोबिन्द आचार्य र सहसंयोजक प्रकाश खनालको हस्ताक्षरित ज्ञापन पत्र बुझाउन संघका केन्द्रिय सदस्य द्वय ठाकुर सौराग र गोबिन्द भुसाल लगायतको उपस्थिति रहेको थियो ।