अर्घाखाँचीभर अहिलेसम्म ३३ जनाको आरडीटी र ८ जनाको पीसीआर टेस्ट नेगेटिभ आयो (विवरण सहित)

सन्तोष के.सी  
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अहिलेसम्म अर्घाखाँची जिल्लाभरका क्वारेण्टाइनमा रहेका ३३ जनाको र्यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) बाट नतिजा नेगेटिभ आएको छ । 
जिल्लाभर हालसम्म क्वारेण्टाइनमा रहेका ३३ जनाको र्यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) बाट नतिजा नेगेटिभ आएको सहायक प्रमुख जिल्ला अधिकारी बिष्णुराज बेल्बासेले अर्घाखाँचीडट्कमलाई बताउनुभयो । 
यस्तै जिल्लामा अहिलेसम्म ८ जनाको पीसीआर परिक्षण नेगेटिभ आएको छ । 
र्यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) नेगेटीभ आएका सबै जनालाई थप एक हप्ता घरमा सेल्फ क्वारेण्टाइनमा बस्ने गरी घरमा पठाएको त्यहाँका स्थानिय प्रतिनिधिहरुले अर्घाखाँचीडट्कमलाई बताए । 
यस्तै जिल्लाभर अहिलेसम्म ४७ जना क्वारेण्टाइनमा रहेका छन् । सन्धिखर्क नगरपालिका वार्ड नम्वर १ को युवा वर्ष रविचित्र माध्यमिक विद्यालयको हटारिनेटा क्वारेण्टाइनमा रहेका ७ जना पुरुष, शितगंगा नगरपालिका- १ स्थित कालिका आ. वि मा ६ जना पुरुष र वार्ड- ८ स्थित लापे माविमा ८ जना पुरुष, साथै भूमिकास्थान नगरपालिका १ स्थित इश्वरी आवि राजमेमा ३ जना (२ पुरुष र १ महिला), वार्ड न ३ स्थित अन्नपूर्ण माविमा ६ जना पुरुष, वार्ड न ४ स्थित शान्ति माविमा ४ जना पुरुष र वार्ड न ८ स्थित यशोधरा आविमा २ जना, यस्तै  पाणिनी गाउँपालिका ७ को विद्याविनोद माविमा १ जना पुरुष र वार्ड न ५ मा ७ जना (४ जना पुरुष र ३ जना महिला) र मालारानी गाउँपालिका वार्ड न ३ स्थित आदर्श माविमा २ जना पुरुष रहेका छन् ।
साथै जिल्लाभार आइसोलेसन कक्ष १२ रहेका छन्। भने क्वारेण्टाइन बेड सँख्या ४५८ रहेको छ ।  जिल्लामा प्रदेश सरकार मार्फत ६० थान र्यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) प्राप्त भएका थियो । 

अन्य समाचारहरु