अर्घाखाँची फर्कनेको काठमाडौंको कलंकीमा बिचल्ली, यात्रु बढी हुँदा विवाद, गाडी पुगेनन् (भिडियो, तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता
काठमाडौं, अर्घाखाँची (अर्घाखाँचीडट्कम)  । काठमाडौंबाट अर्घाखाँची जिल्ला जानेको संख्या बढी भएर रातको सबा ९ बजेसम्ममा कलंकीबाट गाडी हिडने सकेका छैनन् ।  अहिले पानी परेको कारण मानिसहरुको विचल्ली परेको छ ।
अर्घाखाँचीडट्कमका संगम मरासिनीले  बताए अनुसार  अहिले काठमाडौंको कलंकीमा अनुमानित १५ सय जना अर्घाखाँचीबासी भेला भएका छन् । अहिलेसम्म विवाद भएको छ ।
१० देखि १५ वटा बसको आवश्यक परेको बताइएको छ । पुर्व उपप्रधानमन्त्री तथा  प्रतिनिधि सभा सदस्य टाेपबहादुर रायमाझी पनि कलकीमा हुनुहुन्छ ।  
उता केही बस वालाहरुले चर्को पैसा उठाएर लैजाने प्रयास गरेका छन् ।  बैंकको चेक नभई नगद पैसा मागेका छन् । तरपनि अहिलेसम्म बसहरुको समस्या छ । टाेपबहादुर रायमाझीले बस वालालाई मनाउने प्रयास गरिरहेका छन् । पुरा गाडी मिलेमा राती १२, १ बजेसम्म कलंकीबाट बस छुट्ने छन् ।  मंगलबार साँझ ६ बजे ३ वटा बस लैजाने तयारी भएपनि मानिसहरुको संख्या बढी हुँदा राती ९:३० बजेसम्म  कलंकीबाट बस छुट्न सकेका छैनन् ।

अन्य समाचारहरु