अर्घाखाँचीका लागि काठमाडौंको कलंकीबाट ३ वटा बस छुटे, पहिलो बस छत्रगन्ज जादै

२०७७ वैशाख ९, मंगलवार मा प्रकाशित


अर्घाखाँचीडट्कम संवाददाता
काठमाडौं (अर्घाखाँचीडट्कम)  । काठमाडौंबाट अर्घाखाँची जिल्लाको छत्रगन्ज, पाणिनी, भूमिकास्थान नगरपालिका जाने ३ वटा बस बस छुटेको छ ।
यस्तै सन्धिखर्क पनि छुट्ने क्रममा छ । अहिले पनि सयौ मानिसहरु बिचल्लीमा परेका छन् । मंगलबार साँझ ६ बजे ३ वटा बस लैजाने तयारी भएपनि मानिसहरुको संख्या बढी हुँदा राती १० बजे मात्र ३ वटा बस कलंकीबाट छुटेका हुन् ।  कलंकीबाट सबैभन्दा पहिलो बस छत्रगन्जको लागि छुटेको थियो ।   
बसमा छुट्टा-छुट्टै लैजाने भनेता पनि ३ वटा बसमा अन्य सबै पालिकाका यात्रु छाडेका छन् । 
जानेको संख्या बढी भएर  कलंकीबाट अरु गाडी हिडने सकेका छैनन् । अहिले पानी परेको कारण मानिसहरुको विचल्ली परेको छ ।
अरु १० देखि १५ वटा बसको आवश्यक परेको बताइएको छ । टोप बहादुर रायमाझी पनि कलकीमा हुनुहुन्छ ।

अन्य समाचारहरु