अन्तत: काठमाडौंबट फर्केका सबैलाई स्थानिय क्वारेन्टाइनमा राखिने, अब अर्घाखाँचीमा लकडाउन थप प्रभावकारी र कडाई गरिने 

हिम बहादुर जिसी 
सन्धिखर्क, अर्घाखाँची ।  हिजाे काठमाडौंबाट अर्घाखाँची  घर फर्केका    सबै ब्यक्तिहरू   स्थानिय तहले बनाएकाे क्वारेन्टाइनमा बस्ने  जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा  निर्णय गरीएकाे छ । 
बिहान बसेकाे काेभिड १९ काे विशेष समिति तथा जिल्ला बिपत ब्यवस्थापन समितिकाे बैठकमा भएकाे निर्णय अनुसार   उनिहरू सबै स्थानीय तहले बनाएकाे क्वारेन्टाइन मा वसि स्वास्थ्य  परिक्षण र समय   पूरा गरेर मात्र घर जाने  भएका छन् । उनिहरूलाई प्रहरीले स्कटिङ गरि अाज डाेहटेबाट  सन्धिर्खक ल्याइ स्थानीय तहलाई जिम्मा दिईने प्रमुख जिल्ला अधिकारी बिजयराज पाैडेलले जानकारि दिनु भयाे ।
उहाँले भन्नू भयाे जाे जहाँ जहाँ हुनुहुन्छ त्यहि बसेर लकडाउनकाे पूर्ण पालना गर्नुहाेस् । समस्या समाधान सामुहिक प्रयत्नबाट हुन्छ । सिमामा रहेका नेपाली तथा अलपत्र परेका अर्घाखाँची बासि प्रति हामी चिन्तित छाै ,उनिहरूकाे ब्यबस्थापन काे बारे छिट्टै सामुहिक निकास निकाल्ने छाै । अराजकढङ्गले काेहि कसैले काम नगराैं , हामी सबै जीवन र मृत्युुकाे दाेसाधमा छाैं सबैले गम्भीर भएर साेच्ने बेला अाएकाे छ । लकडाउन फितलाे भएमा संक्रमण बड्छ याे सबैले बुझेकै कुराहाे त्यसैले लकडाउन फितलाे हुँदैन र हुन दिईदैन ।
यसअघि घरमा सेल्फ क्वारेन्टाइनमा बस्ने गरी पठाउने योजना भएपनिको पछिल्लो  काठमाडौंको विकसित रुपले गर्दा स्थानिय तहमा तयार गरिएका क्वारेन्टाइनमा राखिने भएको हो । 

अन्य समाचारहरु