दिपक भुसाल
सन्धिखर्क / काठमाडौं (अर्घाखाँचीडट्कम) । काठमाडौंबाट अर्घाखाँची जिल्लाको लागि ३६ जना यात्रुलाई लिएर एउटा बस छुटेको छ ।
काठमाडौंको कलंकी देखि प्रदेश-३ ०१००५ ख ९८१८ नम्बरको चन्द्रागिरी यातायात बस ३६ जना यात्रुलाई लिएर अर्घाखाँची जिल्लाको शितगंगाको लागि छुटेको हो ।
बस शितगंगा नगरपालिकाका युवाहरुको पहलमा आँफैले भाडा तिर्ने गरी बस लिएर हिंडेका हुन् । नगरपालिकाकाे र गृह मन्त्रालयको पास लिएर हिंडेको बसमा यात्रा गरेका रमेश खनालले अर्घाखाँचीडट्कमलाई बताए ।
बसमा शितगंगा र भुमिकास्थानकाका यात्रुहरु सवार छन् ।
उता हिजो ४०० बढी काठमाडौंबाट अर्घाखाँचीमा आएका थिए ।