अर्घाखाँचीमा काठमाडौंबाट आएकालाई भूमिकास्थान नगरपालिकाले मात्र स्थानिय क्वारेन्टाइनमा राख्यो, अरुले घर पठाए

अर्घाखाँचीडट्कम संवाददाता
नुवाकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लामा भूमिकास्थान नगरपालिका बाहेक स्थानिय निकायहरुले काठमाडौंबाट अर्घाखाँची फर्केका सबै मानिसहरूलाई स्थानिय तहले बनाएकाे क्वारेन्टाइनमा बस्नुपर्ने जिल्ला प्रशासन कार्यालयले गरेको निर्णयको अवज्ञा गरेका छन् ।
भूमिकास्थान नगरपालिकाले काठमाडौंबाट आएका २७ जनालाई क्वारेन्टाइनमा लगेर राखेको हो ।
अर्घाखाँचीमा बुधवार बिहान सन्धिखर्क नगरपालिका  ७२, शितगंगा नगरपालिका  २४, भूमिकास्थान नगरपालिका  २७, मालारानी गाउँपालिकाका ८२, छत्रदेव गाउँपालिकाका ११५, पाणिनी गाउँपालिकाका ७० जना र गुल्मी तथा प्युठानका २६ जना गरी चार सय १६ जना अर्घाखाँची आएका थिए ।
छत्रदेव गाउँपालिकामा काठमाडौंबाट आएका ३९ जनालाई होम क्वारेन्टाइनमा बस्ने गरि घर पठाइयो (भिडियो, तस्बिर सहित)
जिल्लाका छत्रदेव गाउँपालिका, पाणिनी गाउँपालिका, शितगंगा नगरपालिका, सन्धिखर्क नगरपालिकाले काठमाडौंबाट आएका सबै मानिसहरूलाई स्थानिय तहले बनाएकाे क्वारेन्टाइनमा बस्नुपर्ने जिल्ला प्रशासन कार्यालयले गरेको निर्णयको अवज्ञा गरेका हुन् ।
अन्तत: काठमाडौंबट फर्केका सबैलाई स्थानिय क्वारेन्टाइनमा  राखिने, अब अर्घाखाँचीमा लकडाउन थप प्रभावकारी र कडाई गरिने
स्थानिय तहले थर्मल गनले ज्वरो नाप्दै सबैलाई घर – घर पठाएका हुन्। जिल्ला प्रशासन कार्यालयले बुधवार बिहान लकडाउनलाई थप कडाई गर्ने र  काठमाडौंबाट अर्घाखाँची फर्केका सबै मानिसहरूलाई स्थानिय तहले बनाएकाे क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय गरेको थियो ।

अन्य समाचारहरु