सुनौलीमा रोकिएका ८८ जनालाई अर्घाखाँची ल्याइयो, नेकपा र कांग्रेसको मान्छे ल्याउने भिडन्तको अन्त्य (भिडियो तस्बिर सहित

२०७७ वैशाख १३, शनिवार मा प्रकाशित
“सुनौली नाकामा रोकिएका बाँकी ८८ जना अर्घाखाँचीबासीलाई अर्घाखाँची जिल्लामा ल्याइएको छ । हिजो शुक्रबार ३९ जना जिल्ला ल्याइएको थियो । सुनौलीमा  १२७ जना अर्घाखाँचीबासी  लगभग १ महिना देखि रोकिएका थिए । उनिहरुलाई ल्याउन कांग्रेस, नेकपाले ठुलो मिडियाबाजी – राजनीतिक गरे । अर्घाखाँचीमा कायम रहेको लकडाउन कांग्रेस, नेकपालाई चुनाव भन्दा बढी लागेको छ । भने यि पार्टीका पत्रकारले ट्याग गरेर प्रचारबाजी गर्दै हैरान परेका छन् । वास्तममा यि सुनौलीमा रोकिएका नेपालीलाई ल्याउन उच्च स्तरिय निर्यण अनुसार भएको हो । कुनै अर्घाखाँचीका कुनै व्यक्तिले होइेन् । अर्घाखाँचीबाट मलारानीका प्रमुख बाल कृष्ण आचार्य सिमामा पुगेर ल्याउन सहयोग गरेका मात्र हुन् । आचार्यसँग सिमामा पुगेकाले पोस्ट गरेका तस्बिर, भिडियो तान्दै केही समुहले फेसबूक, अर्घाखाँचीका नाम अन्लाईन बनाई राजनीतिक प्रचार गरेका छन् । कसैले त लाजै नमानी आफ्नै वा पार्टीको लोगो लगाएर प्रचार प्रसार गरेका छन् ।”
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम)  २०७७ वैशाख १३, शनिवार । सुनौली नाकामा रोकिएका ८८ जना अर्घाखाँचीबासीलाई अर्घाखाँची जिल्लामा ल्याइएको छ । हिजो शुक्रबार ३९ जना जिल्ला ल्याइएको थियो ।  
शनिबार मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यले डट्कमलाई बताए अनुसार सुनौलीको नौतुनामा करिव १ महिनादेखि रोकिएका बाँकी ८८ जना अर्घाखाँचीबासीलाई जिल्ला ल्याइएको हो । 
सुनौली नाकामा रोकिएका मथ्ये सबैभन्दा बढी मालारानीका रहेका छन् भने पाणिनी गाउँपालिकाका १० जना, सन्धिखर्क नगरपालिकका २५ जना, छत्रदेवका ३ जना र शितगंगाका १ जना रहेका छन् ।
आज आएका उनिहरुलाई डोहोटेमा पुन: स्वास्थ्य चेक गरी स्थानिय तहमा बनाइएको  क्वारेन्टाइनमा लगिने छ ।
हिजाे ल्याइएका मथ्ये २५ जना मालारानी गाउँपालिका ३ नं वार्डकाे आदर्श मावि खनदहकाे क्वारेन्टाइनमा राखिएको छ । जसमा १ जना छत्रदेव गाउँपालिकाका छन् । 
यस्तै बाँकी १५ जना सन्धिखर्क नगरपालिका २ काे बेलबाटिका क्वारेण्टाईनमा राखिएकाे छ । सन्धिखर्क क्वारेन्टाइनमा राखिएकाहरू सन्धिखर्क वार्ड नम्बर ११ का १३ जना र १ नं वार्डका २ जना रहेकाे नेकपा सन्धिखर्क नगर संयाेजक श्रीकृष्ण भुसालले बताउनु भयाे ।
सुनौलीबाट फर्केका सबैलाई अब १४ दिन स्थानिय क्वारेन्टाइनमा बस्नुपर्ने छ र उनिहरुको र्यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) र पीसीआर परिक्षण लिइनेछ ।
मान्छे ल्याउन नेकपा र कांग्रेसको भिडन्त
उता सुनौली नाकामा रोकिएका अर्घाखाँचीबासीलाई अर्घाखाँची जिल्लामा ल्याउन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसको भिडन्त चलेको देखिन्छ । शुक्रबार साँझसम्म नेकपाले ३९ जना जिल्ला ल्याउन सफल भएको भनेर प्रचार गरेका थिए । 
सुनौलीको नौतुनामा करिव १ महिनादेखि रोकिएका ८८ जना मथ्ये ३९ जनालाई टोपबहादुर रायमाझी, चन्द्र बहादुर खड्का, चेतनारायण आचार्य र रामजी प्रसाद घिमिरेको पहलमा जिल्ला ल्याउन सफल भएको हो भनेर मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यले दावी गरेका थिए ।
त्यो अघि सुनौली नाका तथा भारतीय सिमानामा अलपत्र परेका अर्घाखाँचीबासीलाई जिल्लामा ल्याउन सम्बन्धित पक्षसँग आफुले पटक-पटक छलफल गरेपछि समस्याको समाधान भएको र उनिहरुलाई जिल्लामा ल्याउनका लागि पहल गरेको नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य तथा संघिय सांसद संसदिय दलका सचेतक पुस्पा भुसालले जानकारी गराएकी भनेर कांग्रेस पक्षले प्रचार गरेका थिए । 
उता नेपाली कांग्रेस जिल्ला सभापती बिष्णु भुसाल मुस्कानले भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पक्षले गरेको प्रचार प्रति दुखी भएको बताएका छन् । सर्वपक्षिय निर्यण अनुसार सुनौलीबाट अर्घाखाँचीबासीहरुलाई ल्याउने काम भएको हो, कुनै पार्टी नेताले होइेन उनले डट्कमलाई भने । सामाजिक सन्जालमा महानायक, भगवान भन्दै नेकपा पक्षले व्यापक प्रचारबाजी गरेका छन्; यो काममा राजनीतिक गर्न खोजियो, ठीक होइेन्, उनले भने । 
यसअघि काठमाडौंबाट ४०० जनालाई अर्घाखाँची ल्याउने क्रममा  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसको भिडन्त चलेको थियो । अहिले लकडाउनको बेला नेकपा र कांग्रेसको आफ्ना मान्छे जिल्लामा भित्राउन प्रतिस्पर्दा चलेको छ । यि दलहरुलाई चुनाव भन्दा बढी लकडाउन चेलेको छ ।    
आज आएका  ८८ जना अर्घाखाँचीबासीहरु

 
शुक्रबार आएका ३९ जना अर्घाखाँचीबासीहरु 
सर्वपक्षिय निर्यण

अन्य समाचारहरु