काठमाडौंबाट अर्घाखाँचीको लागि ७६ जना यात्रुलाई लिएर २ वटा आउँदै

अर्घाखाँचीडट्कम संवाददाता
काठमाडौं (अर्घाखाँचीडट्कम) । काठमाडौंबाट अर्घाखाँची जिल्लाको लागि ७६ जना यात्रुलाई लिएर २ वटा बस छुटेका छन् । 
काठमाडौंमा अलपत्र परेका बिद्यार्थी, मजदुर एवम बिरामी लगायत ७६ जना यात्रुलाई लिएर २ वटा बा ५ ख ७१ र बा ४ ख ११० नम्बरको अर्को बस काठमाडौंबाट शनिबार राती ८:३० बजे छुटेका हुन् । 
बसमा अर्घाखाँचीको विभिन्न ठाउँमा बसोबास गर्ने मानिसहरु रहेका छन् । 
यसअधि वैशाख ९ गते मंगलवार ४०० जना र वैशाख १० गते बुधवार ३६ काठमाडौंबाट अर्घाखाँची आएका थिए ।   

अन्य समाचारहरु