गणेश खनाल
सन्धिखर्क, अर्घाखाँची । युवा तथा राष्ट्रिय युवा सघ नेपालका जिल्ला सदस्य शशिकिरण खड्काले काेराना भाईरस राेकथामका लागि विभिन्न स्वास्थ्य साम्रगी हस्तान्तरण गर्नुभएकाे छ ।
अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका वाड नम्वर ५ निवासी हाल सन्धिखर्क १ रतले निवासी खड्काले आफना व्यत्तिगत पहलमा स्वास्थ्य साम्रगी जिल्लालाई उपलव्ध गराउनुभएकाे हाे ।
उहाँले सर्जिकल माक्स ७ हजार,पिपिई ५ पिस,स्यानेट्याशईरज २१ पिस प्रमुख जिल्ला विजयराज पाैडेल मार्फत जिल्लाका विभिन्न निकायलाई उपलव्ध गराउने गरि हस्तान्तरण गरिएकाे हाे ।
राजनैतिक दाउपेच,कति मान्छेलाई जिल्ला भित्राइयो भन्ने होडबाजी भन्दा पनि जिल्लालाई कोरोनामुक्त कसरी बनाउने भन्ने बारे यतिबेला सोच्न जरुरी रहेको उनले बताए । खड्का राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्काका शुपुत्र समेत हुन् ।